२६ कार्तिक २०८३, बिहिबार

ओलीले राजीनामा दिन नमानेपछि माओवादीले गर्यो कडा निर्णय, बजेट रोक्ने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mao-meeting

काठमाडौं, ३१ असार । सरकारबाट समर्थन फिर्ता लिँदा समेत प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिएपछि नेकपा माओवादी केन्द्रले बजेट पारित हुन नदिने निर्णय गरेको छ ।

व्यवस्थापिका संसद सचिवालयका अनुसार आज बजेटसम्बन्धि विधेयकहरु पारित गर्ने कार्यसूची थियो । तर, माओवादीको यो निर्णयसँगै आज बजेट पास नहुने भएको छ ।

शुक्रबार बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास लाजिम्पाटमा बसेको केन्द्रको बैठकले कांग्रेस र माओवादीद्धारा प्रस्तुत अविश्वासको प्रस्ताव पास नभएसम्म बजेटसँग सम्बन्धित विधेयकहरु पारित हुन नदिने निर्णय गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

उनका अनुसार ओली सरकार अल्पमतमा परिसकेको र अविश्वासको प्रस्ताव पनि संसदमा पेश भइसकेको सन्दर्भमा अविश्वासको प्रस्ताव पास नभएसम्म कुनैपनि विधेयक पारित गर्न नदिने निर्णयमा माओवादी पुगेको हो ।

बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, नयाँ सरकार गठन एवम् समग्र राजनीतिक विषयमा छलफल भएको थियो ।

बैठकमा नयाँ सरकार गठन, सरकारमा पार्टीको तर्फबाट अपनाउनुपर्ने नीतिलगायतका विषयमा समेत छलफल भएको प्रवक्ता भुसालले बताइन् । बैठक भोलि शनिबार बिहान पुनः बस्नेछ ।