काठमाडौं, ३१ असार । मुलुकको पछिल्लो अवस्थाका विषयमा छलफल गर्न नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालयको बैठक बसिरहेको छ ।
काठमाडौंको लाजिम्पाटस्थित अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा जारी बैठकमा संसदमा दर्ता भएको अविश्वासको प्रस्तावका विषयमा छलफल हुनेछ ।
बैठकमा प्रधानमन्त्री केपी ओलीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव र नयाँ गठबन्धनका विषयमा छलफल भइरहेको दाहालको निजी सचिवालयले जनाएको छ ।
बैठकमा सरकारको बजेटका विषयमा पनि छलफल हुने बुझिएको छ । बजेट आजै पारित गर्ने तयारी भएको छ ।












प्रतिक्रिया