२६ कार्तिक २०८३, बिहिबार

प्रम ओलीले बेलायतलाई पठाए बधाई सन्देश

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KP-oli-PM

काठमाडौँ, ३० असार । माओवादीले सरकारबाट समर्थन फिर्ता लिएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले विहीबार बेलायतलाई एक बधाई सन्देश पठाएका छन् ।

प्रधानमन्त्री ओलीले बधाई सन्देश पठाउँदै संयुक्त अधिराज्य बेलायतको प्रधानमन्त्रीमा नियुक्त भएकोमा सांसद थेरेसा मेलाई बधाई दिएका हुन् ।

प्रधानमन्त्री ओलीले बधाई सन्देश पठाउँदै नेपाल र बेलायतबीच विगतदेखि नै मित्रवत् सम्बन्ध तथा सहकार्य रहेको र यी दुई मुलुकले यही वर्ष द्विशताब्दी मनाउन लागेको स्मरण गरेका छन् ।

सन्देशमा प्रधानमन्त्री ओलीले नेपालको प्रजातन्त्रको विकासमा बेलायतले पुर्याउँदै आएको निरन्तरको ऐक्यबद्धताको उच्च सराहना गर्दै आगामी दिनमा बेलायतले नेपालको विकासमा निरन्तर सहयोग उपलब्ध गराउने विश्वास व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

गत वर्ष असोजमा जारी नयाँ संविधानको कार्यान्वयन नै नेपालको प्रमुख कार्यभार भएको बताउँदै उनले सन्देशमा भूकम्पछिको पुनःनिर्माण नेपालको तत्कालको महत्वपूर्ण कार्य भएको जानकारी गराएका छन् ।

सन्देशमा प्रधानमन्त्रीले नेपाल दिगो आर्थिक विकासको चरणमा प्रवेश गरेको बताउँदै विगतका पछौटेपनाविरुद्ध अगाडि बढ्न बेलायतको नेपालसँग ऐक्यबद्धता तथा सहकार्य हुने विश्वास व्यक्त गरेका छन् ।