२६ कार्तिक २०८३, बिहिबार

ओली उपस्थित भएपछि प्रचण्ड र देउवा अनुपस्थित, बोलचालै हुन छाड्यो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Purba Pm Haruकाठमाडौं, ३० असार । राष्ट्रिय सुरक्षा गोष्ठीमा दुई पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्ड अनुपस्थित भएपछि प्रधानमन्त्री केपी ओलीले अन्तुष्टि जनाएका छन् ।

रक्षा मन्त्रालय र राष्ट्रिय सुरक्षा परिषदले काठमाडौंको एक होटेलमा बिहीबार आयोजना गरेको राष्ट्रिय सुरक्षा गोष्ठीमा देउवा र प्रचण्ड नआएपछि उनीहरूलाई बस्नका लागि राखिएको कुर्सी र नेमप्लेट हटाइएको स्रोतले जनाएको छ ।

ष्ट्रिय सुरक्षा गोष्ठीमा प्रधानमन्त्री ओलीका साथै पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, माधवकुमार नेपाल, बाबुराम भट्टराई उपस्थित रहेका थिए । गोष्ठीमा सभापति ओनसरी घर्ती पनि अनुपस्थित रहेको स्रोतको दाबी छ ।

राष्ट्रिय सुरक्षा गोष्ठीमा देउवा, प्रचण्ड र सभामुख अनुपस्थित भएका विषयमा केही बताइएको छैन । गोष्ठीमा मन्त्री, उच्च सुरक्षा अधिकारी र सीमित व्यक्तिहरूको उपस्थिति थियो ।

स्रोतका अनुसार उनीहरू सबैलाई मञ्चमा अलग्गै आसनको व्यवस्था गरिएको थियो । तर, अनुपस्थित भएपछि आयोजकले मञ्चबाट उनीहरुको ‘नेम प्लेट’ हटाएका थिए ।

जब आफ्नो बोल्ने पालो आयो तब प्रधानमन्त्री ओलीले दुःख व्यक्त गरे । उनले सबै पूर्व प्रधानमन्त्रीहरुलाई निम्ता गरिएको तर प्रमुख दलको नेतृत्वमा रहेका पूर्वप्रधानमन्त्री नै कार्यक्रममा अनुपस्थित हुनु चिन्ताको विषय भएको बताए ।

प्रधानमन्त्री ओलीलाई पदबाट हटाउन संसदमा बुधबार अविश्वासको प्रस्ताव दर्ता गराएका कांग्रेस र माओवादी केन्द्रले सुरक्षा गोष्ठीमा जाँदा ओलीसँग भेट हुने भएकाले अप्ठेरो महसुस हुनेभन्दै नगएको हुन सक्ने एक नेताले बताए ।