२६ कार्तिक २०८३, बिहिबार

ओलीले बोलाए एमाले संसदीय दलको बैठक, पछिल्लो अवस्थामा छलफल हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

K.P.-Oliकाठमाडौं, ३० असार । सरकार अल्पमतमा परेपछि एमाले अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी ओलीले संसदीय दलको बैठक बोलाउनु भएको छ ।

सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)ले सरकारबाट फिर्ता हुने निर्णयसँगै आफ्ना मन्त्रीहरूलाई राजीनामा दिन लगाएको थियो ।

माओवादी केन्द्रले नेपाली कांग्रेससँग मिलेर प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको छ ।

प्रधानमन्त्री ओलीले समग्र राजनीतिक विषयमा आफ्ना सांसदहरूको धारणा बुझ्न र मुलुकको पछिल्लो अवस्थाका बारेमा जानकारी गराउन दलको बैठक बोलाउनु भएको एमालेले जनाएको छ ।

माओवादी केन्द्र र कांग्रेसले दर्ता गराएको अविश्वासको प्रस्ताव सामना गर्ने जनाइ सकेका ओलीलाई राप्रपा नेपालले अन्तिम समयसम्म सहयोग गर्ने जनाएको छ । बैठक तीन बजे नयाँ बानेश्वरस्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा हुनेछ ।