१० कार्तिक २०८३, मंगलबार

मकाउमा युवती बेच्नेलाई जोगाउन कांग्रेसका नेता सक्रिय

4.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sudarshan_thapa_magarकाठमाडौं, ३० असार । मानव बेचविखन तथा ओसार पसार मुद्दाका अभियुक्तलाई जोगाउन नेपाली कांग्रेसकै केही नेताहरु लागि परेका छन् ।

वैदेशिक रोजगारीको प्रलोभन देखाएर सोझा सिधा युवतीहरुलाई मकाउमा बोलाई अलपत्र पार्ने तथा युवती बेच्ने धन्दामा सक्रिय सुदर्शन थापा मगरलाई जोगाउन कांग्रेसका नेताहरु लागि परेका हुन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

महानगरिय अपराध महाशाखाले वारेन्ट जारी गरेका थापा नेपाली जनसम्पर्क समिति मकाउको अध्यक्ष र एनआरएन मकाउका पूर्व अध्यक्ष पनि हुन् ।

जुलाई १६ मा हुने समितिको तेस्रो वार्षिक उत्सवमा थापाले नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. प्रकाशशरण महतलाई प्रमुख अतिथि, तथा केन्द्रिय सदस्य एवम् सांसद धनराज गुरुङ, केन्द्रीय सदस्य बिश्व प्रकाश शर्मा, सांसदद्वय राजु थापा, सीता गुरुङ, र नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसी लगायतका नेताहरुलाई आमन्त्रण गरि कार्यक्रम गरेर आफू चोखिने प्रयास गरेपछि मकाउमा उनको विरोध शुरु भएको छ ।

सुदर्शनले उक्त कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि निमन्त्रणा गरेका थिए । तर, देउवा भने मानव बेचविखनमा मुछिएका व्यक्तिले आयोजना गरेको कार्यक्रममा जाँदा विवादित हुने डरले मकाउ नजाने निश्कर्षमा पुगेका हुन् ।

सांस्कृतिक कार्यक्रमका लागि भन्दै १४ दिनको टुरिस्ट भिसामा मकाउ पु-याइएकी स्याङ्जाकी सञ्जु थापालाई अपराध महाशाखा र एनआरएनको सहयोगमा उद्दार गरिएपछि सुदर्शनको असली धन्दा पाँच महिना अघि नै खुलेको थियो ।

वैदेशिक रोजगारीको शिलशिलामा सांस्कृतिक कार्यक्रम भन्दै पर्यटक भिसामा गएकी थापालाई महिनाको ५ हजार डलर तलव हुने लोभ देखाएर मकाउ पु-याइएको थियो ।

तर, उनलाई चिनियाँ व्यक्तिको घरमा बेचिएको खवर बाहिर आएपछि अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनालले तत्काल मकाउमा रहेका नेपाली र संघसंस्थासँग समन्वय गरि उद्धार गरेका थिए ।

सञ्जुलाई उद्धार गरेको पर्सिपल्ट जब प्रहरीले काठमाडौंको नयाँ बानेश्वरमा रहेको कम्पास रिक्रुइमेन्ट प्रालिका सञ्चालक सुवास थापामगरलाई पक्राउ ग-यो, त्यसपछि यो प्रकरणमा मुछिए सुदर्शन थापा मगर ।

काठमाडौं जिल्ला अदालतमा मकाउ पठाउने म्यानपावर कम्पनीका मालिक सुवास थापामगर, मकाउमा यौनहिंसा गर्ने सुवासका बाबु सुदर्शन थापामगर र मकाउमा चिनियाँलाई बेच्ने दलाल लोकराज बरालविरुद्ध सञ्जुले मुद्दा समेत दर्ता गराई सकेकी छन् भने उनीहरुमाथि प्रहरीले मानव वेचविखन तथा ओसारपसारमा मुद्दा चलाएको छ ।

मकाउमा रहेका सुदर्शन र लोकराजलाई पनि नेपाल झिकाउने तयारी भइरहँदा सुदर्शनले भने नेताहरुलाई बोलाई आफू चोखिने उपाय रचेका हुन् ।

एनआएनए मकाउका पूर्व अध्यक्ष सुर्दशनले रोजगारीका लागि विदेश पठाउने भन्दै वेरोजगार नेपालीबाट मोटो रकम असुलेर ठगी धन्दा चलाउँदै आएका छन ।

सुदर्शनले आफ्नो छोराले सञ्चालन गरेको म्यानपावरमार्फत रेस्टुरेन्टका लागि कल्चरल डान्स गर्न भन्दै केटीहरुलाई टुरिष्ट भिसामा मकाउ पु-याएर बेच्ने गरेको समेत खुलेको छ । प्रहरीले वारेन्ट जारी गरेपछि सुदर्शनले आफू निर्दोष रहेको भन्दै केही समय अघि मिडियाबाजी समेत गरेका थिए ।