२६ कार्तिक २०८३, बिहिबार

प्रचण्ड र देउवाले चाँहदैमा तत्कालै ओली सरकार नढ्ल्ने! संसदबाट आयो नयाँ खबर

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kp-oli

काठमाडौं, २९ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले चाँहदैमा तत्कालै वर्तमान सरकार नढल्ने भएको छ ।

व्यवस्थापिका संसद सचिवालयका अनुसार सरकार परिवर्तनका लागि कम्तीमा अझै एक हप्ता लाग्न सक्छ । सचिवालयमा प्रधानमन्त्री तथा सरकारविरुद्ध आज दर्ता भएको अविश्वासको प्रस्ताव परिपक्व हुन संसद् नियमावलीअनुसार एक साता लाग्ने स्पष्ट व्यवस्था छ ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा आफूहरुको विश्वास नरहेको भन्दै नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा संयुक्तले अविश्वासको प्रस्ताव दर्ता गराएपछि सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले सरकारविरुद्धको अविश्वासको प्रस्ताव अघि बढ्न अझै एक हप्ता लाग्ने जानकारी दिए ।

उनले नियमावलीको नियम १६० को प्रयोग गर्ने सन्दर्भमा सभामुखले आफ्नो तजबिजीमा सो प्रस्तावलाई एक साताभित्र छलफलको प्रक्रिया अघि बढाउन सक्ने बताए ।

सो नियम सभामुखले निलम्बन गरेमा एकसाता नपुग्दै पनि प्रस्तावमा छलफल अघि बढ्न सक्नेछ । अविश्वास प्रस्ताव पारित भएमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।