२६ कार्तिक २०८३, बिहिबार

चीनका राष्ट्रपतिको नेपाल भ्रमण रोक्न सरकार परिवर्तन: बिजुक्छे

35k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Narayanman-Bijukchhe-1

काठमाडौं, २९ असार । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भारतको चाहना अनुसार सरकार परिवर्तन भएको बताउनुभएको छ ।

रफत सञ्चार क्लबले बुधबार आयोजनामा गरेको साक्षात्तकार कार्यक्रममा बोल्दै बिजुक्छेले भारतको निर्देशनमा नेपाली काँग्रेसका सभापति देउवा र नेकपा माओबादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकार परिवर्तन गरेको दाबी गर्नभएको हो ।

मुलुकको आवश्यकताले भन्दा पनि भारतको चाहनाले सरकार परिवर्तन भएको उहाँको भनाई छ ।

बिजुक्छेंले चीनका राष्ट्रपतिको नेपाल भ्रमण तय भए त्यसले नेपाल र नेपालीको हितमा हुन सक्ने ठानेर भारतले देउवा र प्रचण्डलाई गोटी बनाएको आरोप लगाउनुभयो ।

उहाँले भ्रमणले सम्झौतालाई ओझेलमा पार्ने खेलकै कारण सरकार परिवर्तन भएको भन्दै नयाँ सरकारले चीनसँग गरिएका सम्झौताको कार्यान्वयन नगरे यसबाट ठूलो क्षति बेहुर्नुपर्ने बताउनुभयो ।

उहाँले सभामुखको भूमिकामासमेत प्रश्न गर्दै भन्नुभयो, ‘वर्तमान सभामुख ओनसरी घर्ती निवासमा काँग्रेस र माओवादी केन्द्रका नेताहरुको बैठकपछि सरकार परिवर्तनको डिजाइन गरिनु र चलखेल हुनुले सभामुखको निष्पक्ष र तटष्ठतामा विश्वास भएन ।’