२६ कार्तिक २०८३, बिहिबार

प्रधानमन्त्री ओलीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता

3.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अविश्वासको प्रस्ताव दर्ता गराएपछि सञ्चारकर्मीसँग दुई दलका प्रमुख सचेतक ।
अविश्वासको प्रस्ताव दर्ता गराएपछि सञ्चारकर्मीसँग दुई दलका प्रमुख सचेतक ।

– विमल योगी

काठमाडौं, २९ असार । नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।

सरकारबाट समर्थन फिर्ता लिदासमेत प्रधानमन्त्री ओलीले राजीनामा नदिएपछि माओवादी र कांग्रेसले व्यवस्थापिका संसदमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

पौने तीन बजे नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा महासचिव मनोहरप्रसाद भट्टराईको कार्यकक्षमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवाको समर्थनमा अविश्वासको प्रस्ताव दर्ता गराए ।

कांग्रेस मुख्य सचेतक चीनकाजी श्रेष्ठ र माओवादी मूख्य सचेतक हितराज पाण्डेले संसदमा अविश्वासको प्रस्ताव दर्ता गराएपछि सञ्चारकर्मीसँग बोल्दै प्रधानमन्त्रीले राजीनामा दिन नमानेकाले आफूहरु संसदीय प्रक्रिया अनुसार अघि बढेको बताए ।

अविश्वासको प्रस्तावमा नेकपा संयुक्तले पनि समर्थन जनाएको छ । अविश्वासको प्रस्तावमा समर्थन जनाउने दलहरूको संख्या बढ्ने माओवादी नेता कृष्ण महराले जानकारी दिए ।

यसअघि नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई तीन बजेभित्र राजीनामा दिइसक्न अल्टिमेटम दिएको थियो ।