१० कार्तिक २०८३, मंगलबार

कान्छीले मच्चाएको ‘काण्ड’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sex_relieves_tension_love_causes_itकाठमाडौं, २९ असार । भनिन्छ नि, ‘सौताका रिसले लोग्नेको काखमा फोहोर !’ तर भयो, सौताको रिसले फेसबुकको वालमा फोहोर । फलतः सुर्खेत भेरीगंगा नगरपालिका १४ की २७ वर्षीया गंगा ठकुरी प्रहरी खोरमा छिन् । जनआस्था साप्ताहिकले समाचार छापेको छ ।

त्यहीँका विपिन ठकुरीले कान्छी बनाएर भित्र्याएका थिए । पहिलाकी पत्नीसँग उति राम्रो सम्बन्ध नहुँदा अदालतबाट सम्बन्ध विच्छेद गरेर अपनाए । तर, पति छाडिसकेकी पत्नीलाई पानी खाने निहुँले भेट्न पुगिरहने । यस्तो कुरा गंगाका लागि सहिसक्नु भएन । यसपछि जेठीको बदनाम गर्न उपाय निकालिन् फेसबुकमार्फत ।

जेठीका नाममा फेसबुक अकाउन्ट बनाइन् । र नानाभाँतीका फोटो पोष्ट गर्न थालिन् । जेठीको फेसबुकमा नातागोतादेखि छरछिमेक सबै साथी बन्न पुगे । वालमा कहिले नाङ्गा फोटो त कहिले नाङ्गा भिडियो हालेर सुर्खेतभर हल्लिखल्ली नै मच्चियो ।

मान्छेहरूले सोधखोज गर्न थाले, किन यस्तो भयोे भनेर । विचरी जेठीलाई के थाहा ? कसरी यस्तो भयो भनेर । फेरि थाहा नपाएर पनि के गर्ने ?

आफ्नै नामको फेसबुकबाट तथानाम फोटो प्रशारित छ । अनि पुगिन् प्रहरी कहाँ । सुर्खेत प्रहरीले आफैँ अनुसन्धान गर्न नसक्दा काठमाडौंस्थित अपराध महाशाखालाई प्रचात्रार भयो ।

महाशाखाले दुई दिनमै पत्ता लगायो, यो काम कान्छी गंगाबाट भएको । अनि सुर्खेत सदरमुकामबाटै गंगालाई पक्राउ गरेर काठमाडौं ल्याइयो । अहिले हिरासतमा बसेर विद्युतीय कारोबार ऐनसम्बन्धी मुद्दाको पुर्पक्ष गर्दैछिन् ।