१० कार्तिक २०८३, मंगलबार

नयाँ सरकारको टुङ्गो लाग्न दुई साता लाग्ने

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pushpa-kamal-dahal-2009-12-22-18-12-16काठमाडौं, २९ असार । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि सरकारको टुंगो लाग्न झन्डै दुई साता लाग्नेछ ।

संवैधानिक प्रक्रियाअनुसार ओलीले प्रधानमन्त्रीबाट राजीनामा गरे वा संसदको सामना गरे सरकार गठनको प्रक्रियाका लागि कम्तीमा १० दिन लाग्नेछ । नागरिक दैनिकले समाचार छापेको छ ।

प्रधानमन्त्रीबाट ओलीको राजीनामा आए राष्ट्रपतिले सहमतिको सरकार गठनका लागि दलहरुलाई आह्वान गर्न सक्छन् भने सहमति नजुटे मात्र संसदले बहुमतीय प्रक्रिया थाल्नेछ ।

विगतको परम्परा हेर्ने हो भने राष्ट्रपतिले सहमतिको सरकार गठनका लागि कम्तीमा साता दिनको समय दिने र नभए मात्र बहुमतीय प्रक्रिया थाल्न संसदलाई आग्रह गर्ने छन् ।

दुवै प्रक्रिया पूरा गर्न कम्तीमा १० दिन सयम लाग्नेछ । प्रधानमन्त्रीले संसदको सामना गर्ने भए अविश्वासको प्रस्ताव परिपक्व हुन नै सात दिन लाग्नेछ ।

त्यसपछि मात्र संसदले प्रक्रिया अघि बढाउने भएकाले सरकारको टुंगो लाग्न कम्तीमा १० दिन लाग्नेछ ।

कांग्रेस नेता विमलेन्द्र निधिले नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै नयाँ सरकार गठनका विषयमा छलफल सुरु भएको बताए ।

एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीबाट राजीनामा गरेर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्नु पर्ने निधिले बताए ।