२ कार्तिक २०८३, सोमबार

एनसेलले विभिन्न देशका लागि रोमिङ्ग शुल्क घटाउने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ncell

काठमाडौं, २८ असार । आफू आजियाटा नेटवर्कमा संवद्ध भएपछि विभिन्न योजनाहरुमार्फत भ्वाईस र डेटा सेवाहरुको रोमिङ्ग शुल्क घटाएको एनसेलले विभिन्न देशका लागि रोमिङ्ग शुल्क थप घटाउने बताएको छ ।

हालै एक राष्ट्रिय दैनिकलाई दिएको अन्र्तवार्तामा कम्पनीका प्रबन्ध निर्देशक साईमन पर्किन्सले रोमिङ्गको शुल्क घटाउन छलफल भईरहेको बताएका छन् ।

एनसेलले आफू आजियाटा ग्रुप बर्हाद अन्तर्गत आएपछि उक्त ग्रुपको नेटवर्क भित्र पर्ने देशहरु जस्तै मलेसिया, श्रीलंका, बाङ्लादेश र क्याम्बोडियामा रोमिङ् योजना मार्फत रोमिङ्गको शुल्क पहिला नै घटाई सकेको छ । र केही समय अगाडी एनसेलले गु्रप नेटवर्क भित्रका देशहरुमा भ्रमण गर्ने आफ्ना ग्राकहहरुलाई ध्यानमा राखि आकर्षक दैनिक अनलिमिटेड डेटा रोमिङ् प्याक ल्याएको थियो । जस अन्र्तगत कर सहित रु १ हजार ५ सय मा प्याक खरिद गरी भ्रमणका बेलामा दैनिक अनलिमिटेक डेटा सेवाको फाइदा दिन सक्छन् ।

“हामीले कसरी रोमिङ्गको शुल्क घटाउन सक्छौं भनेर छलफल थालिसकेका छौं । । हाम्रो एउटा टिम तीन हप्ता अघि आईडियासँग छलफलका लागि भारत गएको थियो र उनीहरु फेरी जादैछन्,” पर्किन्सले उक्त अन्र्तवार्तामा भनेका छन्– “भारत र मलेसिया जस्ता देशहरुका लागि अहिले जे जति भएको छ त्यो भन्दा पनि बढि गर्न चाहन्छौं । हाम्रा ग्राहकहरुले एनसेलको सिम बोकेर ती देशहरु जाउन् र लोकल कल झैं सुलभ दरमा नेपालमा कल गर्न पाउन् भन्ने म चाहन्छु ।”

भारतपछि मलेसिया सबभन्दा धेरै नेपालीहरु रहेको देश हो । अहिले मलेसिया भ्रमणमा रहेका बेलामा एनसेलका ग्राहकले रु १५ प्रति मिनेटमा रोमिङ्गको योजना अन्र्तगत नेपालमा कल गर्न वा आगमन कल उठाउन सक्छन् । त्यसै गरी प्रति एसएमएस रु १५ पर्छ र आगमन एसएमएस भने निःशुल्क हुनेछ । ईण्डिया रोमिङ्गको योजना अन्र्तगत अहिले ग्राहकले त्यहाँ रहेको बेलामा रु २५ प्रति मिनेटमा नेपालमा फोन गर्न सक्छन् र प्रति एसएमएसको रु १० पर्छ ।

पर्किन्स देश बाहिर बस्ने सम्पुर्ण नेपालीहरुका लागि योजनाहरु हुनु पर्ने पक्षमा छन् । मध्य पुर्व, कतार, कुवेत अनि साउदी अरेविया जस्ता देशमा पनि थुप्रै नेपालीहरु रहेका छन् एनसेलको एक टोली केही अगाडी कतार गएको थियो र त्यहाँका सेवा प्रदायकहरुसँग भेटेर कसरी त्यहाँ रहेका नेपालीहरुलाई सस्तोमा नेपालमा कुरा गर्न सकिने अवस्थाको सिर्जना गर्ने भन्ने बारेमा छलफल गरेको थियो । उनका अनुसार एनसेलको योजना, कतारको सेवा प्रदायकहरुले के भन्छन् त्यसमा निर्भर रहने छ ।

एनसेलले रोमिङ्ग शुल्कका साथ साथै यहाँबाट बाहिर जाने कलको शुल्क पनि घटाउने जनाएको छ । यसै अनुरुप एनलेसले गत हप्ता भारतका लागि ‘ईण्डिया कलिङ्ग’ योजना ल्याएका थियो । यो योजना अनुसार ग्राहकले कर बाहेक प्रति मिनेट जम्मा रु १ रुपैयाँ ९९ पैसामा भारतको कुनै पनि नम्बरमा कल गर्न सक्छन् । “विदेशबाट आउने कलमात्र होईन यहाँबाट उता रहेका आफ्ना परिवार र आफन्तहरुसँग सस्तोमा कल गर्ने सक्ने वातावरण बनाउने हाम्रो उदेश्य छ,” पर्किन्सले भने ।