१ कार्तिक २०८३, आइतबार

कांग्रेसको केन्द्रीय कार्यसमिति बुधबार, सरकारबारे के-के भयो भित्री सहमति ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

deuba

काठमाडौं, २८ असार । नेपाली कांग्रेसले नयाँ सरकार बनाउन माओवादी केन्द्रलाई समर्थन गर्ने विषयमा निर्णय गर्न बुधबार केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ ।

बुधबार बिहान बस्ने केन्द्रीय कार्यसमिति बैठकमा माओवादी केन्द्रको नेतृत्वमा नयाँ सरकार बनाउने प्रस्ताव पेश गरिनेछ । स्रोतका अनुसार कांग्रेसले एउटा निर्वाचन माओवादी केन्द्रले गर्ने गरेर नयाँ सरकार बनाउन सहयोग गर्नेछ ।

बैठकले बहुमतीय सरकारमा कुन कुन दलहरूलाई सहभागी गराउने विषयमा पनि निर्णय गर्नेछ ।

एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार गिराउने सर्तमा माओवादी केन्द्रलाई प्रधानमन्त्रीमा समर्थन गरेको कांग्रेसले नयाँ बहुमतीय सरकारमा १२ मन्त्रालय पाउने बताइएको छ । माओवादी केन्द्रले प्रधानमन्त्रीसहित आठ मन्त्रालय पाउनेछ । हुन त माओवादी केन्द्रमा नारायणकाजी श्रेष्ठले एमाले नेतृत्वको सरकार छाड्ने विषयमा आफूसँग परामर्श नगरेको भन्दै असन्तुष्टि जनाइ रहेका छन् ।

जे भएपनि कांग्रेसले स्थानीय निकायको निर्वाचन प्रचण्डले गर्ने तथा बाँकी निर्वाचनहरू संसदीय र संघीय प्रदेशका निर्वाचन आफ्नो नेतृत्वमा बनाउने गरी माओवादी केन्द्रसँग परामर्श गरिसकेको छ । सोही प्रस्तावलाई कांग्रेसले केन्द्रीय कार्यसमितिबाट अनुमोदन गराउनेछ ।