बुटवल, २८ असार । ई–रिक्सा व्यवस्थापनमा ढिलाई भएको भन्दै सोमबार बुटवलमा यातायात व्यवस्था कार्यालय लुम्बिनी तथा यातायात व्यवस्था कार्यालय (लाईसेन्स)मा ई–रिक्सा व्यवसायीहरुले धर्ना दिएका छन् ।
बुटवल तथा भैरहवामा ई–रिक्सा व्यवस्थापनका लागि गठन भएको संयुक्त संघर्ष समितिले धर्ना दिएको हो ।
संघर्ष समितिले यही असार १६ गते जिल्ला प्रशासनमा भएको सहमति र निर्णयलाई तत्काल कार्यान्वयन गर्न माग गर्दै धर्ना तथा चक्काजाम गरेको हो । दर्ता भएका जाँच पास र करको व्यवस्था लुम्बिनी अञ्चलमा लागु हुनुपर्ने, लाइसेन्स प्रक्रिया तत्काल सुचारु गरिनुपर्ने, लुम्बिनी अञ्चल ई–रिक्सा दता प्रक्रिया यथाशीघ्र सञ्चालनमा ल्याउनुपर्ने, ट्राफिक प्रहरीद्वारा हुने अमानविय क्रियाकलाप बन्द हुनुपर्ने माग समितिका छन् ।
त्यस्तैगरी ४÷६ लेन सडकको हकमा बैकल्पिक बाटो नबनाउदासम्म सर्भिस लेन बाटो कायम हुनुपर्ने, श्रम र लागतको हिसाबमा वैज्ञानिक भाडादर कायम हुनुपर्ने, र सम्बन्धित नगरपालिकाको हकमा ई–रिक्सा व्यवस्थापन गर्ने निर्णय लागु हुनुपर्ने माग संघर्ष समितिले निरन्तर दवाबका कार्याक्रम गर्दै आएको छ । रिक्सा व्यवसायी संघ,रिक्सा धनी तथा चालक भलाई कोषका अध्यक्ष कृष्णप्रसाद तिवारीले आफूहरुका माग सम्बन्धित निकायले नसुनेपछि सडक संघर्षमा उत्तिनुपरेको बताए ।















प्रतिक्रिया