१० कार्तिक २०८३, मंगलबार

नेपालसँग चीनले यसरी देखायो चिन्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Chinaकाठमाडौं, २८ असार । नेपाल भ्रमणमा रहेको चिनियाँ उच्च सरकारी टोलीले नेपालको भूमि प्रयोग गरेर चीन विरोधी गतिविधि बढ्न थालेको भन्दै चिन्ता व्यक्त गरेको छ ।

नारायण गोपाल मलेगो, नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्याल र सशस्त्र प्रहरी बलका महानिरीक्षक दुर्जकुमार राईलाई छुट्टा–छुट्टै भेट गरी चीनविरुद्ध नेपालको भूमि प्रयोग हुन नदिन आग्रह गरेका थिए । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।

टोलीले नेपाल चीनबीचको सीमा क्षेत्रमा हुने आतंकवादी गतिविधि तथा विभिन्न प्रकारका आपराधिक क्रियाकलाप नियन्त्रण गर्न दुबै देश एक भएर अगाडि बढ्न आग्रह गरेको बैठकमा सहभागी एक उच्च सुरक्षा अधिकारीले जानकारी दिए ।

टोली नेता लिउले चीन सरकारले नेपालका दुबै प्रहरी संगठनलाई अझै आधुनिक बनाउन जस्तोसुकै सहयोग गर्न तयार रहेको तर नेपालको भूमि प्रयोग गरी भगौडा तिब्बतीहरुले गर्ने गतिविधि नियन्त्रण गर्न आग्रह गरेको ती अधिकारीले बताए ।