१० कार्तिक २०८३, मंगलबार

भारतले थप तीन सय मेगावाट बिजुली दिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Electictyकाठमाडौं, २८ असार । सरकारले आगामी हिउँदमा तात्विक रुपमा लोडसेडिङ घटाउन भारतबाट थप तीन सय मेगावाट बिजुली आयात गर्ने भएको छ ।

त्यतिबेला भारतबाट आयात हुने बिजुली ६ सय मेगावाट पुग्ने र मुलुकको आन्तरिक उत्पादनसमेत बढ्ने भएकाले आगामी हिउँदामा लोडसेडिङ ८ घण्टामा सीमित हुने जानकारी विद्युत प्राधिकरणका एक अधिकारीले दिए । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

अघिल्लो हिउँदमा लोडसेडिङ १६ घन्टामा पुगेको थियो । दुई देशबीचको समझदारीमा नेपाल–भारत ढल्केबर–मजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन र दुई विद्युत नाकाबाट थप तीन सय मेगावाट बिजुली आयात गर्ने गृहकार्य भइरहेको जानकारी ऊर्जा मन्त्रालयका सहसचिव दिनेश घिमिरेले दिए ।

विद्युत प्राधिकरणका २ र विदेशी तथा स्वदेशी निजी लगानीका ६ निर्माणाधीन आयोजना सम्पन्न भई आगामी हिउँदसम्ममा मुलुकमा १ सय ५० मेगावाट थप विजुली उत्पादन हुने भएको छ ।

घिमिरेका अनुसार आगामी हिउँदमा मुलुकमा विद्युतको माग १ हजार ४ सय ५० मेगावाट बिजुली आपूर्ति हुनेछ ।

विद्युत प्रणालीमा १ हजार मेगावाट बिजुली उपलब्ध भयो भने हिउँदमा लोडसेडिङ ८ घण्टाभन्दा बढी हुने छैन ।