१ कार्तिक २०८३, आइतबार

प्रधानमन्त्री ओलीसँग ‘फाइनल’ कुरा गर्न माओवादी अध्यक्ष प्रचण्ड बालुवाटारमा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prachanda-and-oli-1

काठमाडौ, २७ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘फाइनल’ कुरा गर्न बालुवाटार पुगेका छन् ।

स्रोतका अनुसार बालुवाटार पुगेका प्रचण्ड र प्रम ओलीबीच निर्णायक भनिएको छलफल सुरु भएको छ ।

प्रमुख प्रतिपक्षी नेपाली काग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर प्रचण्ड प्रधानमन्त्रीसँग ‘फाइनल’ कुरा गर्न बालुवाटर पुगेका हुन ।

बैठकमा प्रचण्डले नौ बुँदे सहमतिसँगै भएको भद्र सहमति अनुसार बजेट पारित भएपछि आफ्नो नेतृत्वमा सरकार बनाउन सहयोग गर्ने सहमति कार्यान्वयनको विषयमा प्रधानमन्त्रीको धारणा माग्ने छन् ।

त्यसपछि माओवादीले सरकार छाड्ने कि नछाड्ने भन्ने विषयमा ठोस निर्णय गर्ने बताईएको छ ।