२ कार्तिक २०८३, सोमबार

जेएमई र ट्रयाङ्लोबीच रेमिट्यान्स् भुक्तानी सम्झौता

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

tranglo tieup

काठमाडौं, २७ असार । जेएमई रेमिट प्रालि र मलेसियाको ट्रयाङ्लोे एसबिएन बिएसडिबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ ।

जापान लगायतका अन्य मुलुकबाट रेमिट्यान्स् भित्राईरहेको जेएमईले आफ्नो सञ्जाल बढाउने क्रममा ट्रयाङ्लोेसँग रेमिट्यान्स् भुक्तानी सम्झौता गरेको हो । सम्झौता पत्रमा जेएईको तर्फबाट जेएमई रेमिट कम्पनीका अध्यक्ष दिपेन्द्र जोशी तथा ट्रयाङ्लोका तर्फबाट सिईओ सिया हुई योंगले हस्ताक्षर गर्नुभयो ।

सम्झौतासँगै अब मलेसियामा रहेका ९ लाख भन्दा बढि नेपालीले मलेसियाका ३० भन्द्या बढि कम्पनीले ट्रयाङ्लोमार्फत् पठाएको रेमिट्यान्स् जे एमईका ३५ सय भन्दा बढि एजेन्ट तथा सव एजेन्टबाट भुक्तानी प्राप्त गर्न सक्नेछन् ।

सम्झौतापछि जेएमईका अध्यक्ष जोशीले भन्नुभयो– ‘ट्रयाङ्लोसँगको सम्झौतासँगै अब मलेसियामा रहेका नेपालीहरुलाई रकम पठाउन धेरै सहज भएको र यो सम्झौताबाट हामी अत्यन्तै हर्षित् भएका छौँ । हामीले आगामी दिनमा पनि नयाँ नयाँ छिटो र छरितो रूपमा कारोबार गर्दै जानेछौँ’ । यस्तै ट्रयाङ्लोका सिईओ सियाले भन्नुभयो– ‘ हामीले यसभन्दा अघि १० भन्दा बढि मुलुकलमा सेवा दिईरहेकोमा नेपालमा पनि जेएमई मार्फत् सेवा दिँदा हामीहरु निकै खुसी छौँ ।’

६ वर्षअघि स्थापना भएको जेएमई रेमिटले जापान लगायतका थुप्रै मुलुकबाट रेमिट्यान्स भित्राउँदै आएको छ ।