१० कार्तिक २०८३, मंगलबार

डा.केसी अटेर गरी अस्पतालभित्रै अनशन बस्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Govinda K.c.काठमाडौं, २६ असार । डा गोविन्द केसी अन्ततः शिक्षण अस्पताल परिसरभित्र अनशन बस्ने भएका छन् । आइतबार बिहान १० बजे पत्रकार सम्मेलन गरेर दिउँसोदेखि अनशन सुरु गर्ने उनको तयारी छ ।

अस्पताल प्रशासनले शनिबार साँझ डा केसीलाई अनशन बस्ने निर्णयमा पुनर्विचार गर्न, बस्ने नै भए पनि अस्पताल हाताभित्र नबस्न पत्र दिएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

केसीले पत्र बुझे पनि जवाफ फर्काएका छैनन् । ‘डा केसीले अस्पतालभित्र अनशन बसे आफूहरूले पनि अनशन बस्न ठाउँ पाउनुपर्ने मनमोहन अस्पतालका डाक्टरहरूको माग छ, अस्पताल हाताभित्र कसैलाई अनशन बस्न ठाउँ दिन सकिन्न, अनशन बस्ने नै भए पनि अस्पतालभित्र नबस्नुस् भनेर केसीलाई पत्र दिएका छौँ,’ शिक्षण अस्पतालका निर्देशक डा दीपक महराले भने ।

मनमोहनका ३३ चिकित्सकले विज्ञप्ति जारी गर्दै डा। केसीले शिक्षण अस्पतालभित्र अनशन बस्न नपाउने बताएका थिए । केसी अनशन बसे त्यसविरुद्ध आफूहरू पनि अनशन बस्ने भन्दै उनीहरूले ठाउँ उपलब्ध गराउन अस्पतालसँग माग गरेका छन् ।

त्यस्तो माग गर्ने डाक्टरमा उमाकान्त भट्टराई, रामप्रसाद श्रेष्ठ, नगेन्द्रप्रसाद शाह, गुणकुमार श्रेष्ठ, राजकुमार क्षेत्री, उमा क्षेत्री, मुजाः श्रेष्ठ, सुनीलकुमार चौधरी, खेमराज भुसाल, रवीन्द्र सिंखडा, मिलन शाक्य, दीपा शाह, अमृत बञ्जरा, रवीनरत्न रञ्जितकार, नीराजन सुवेदी, तेजप्रकाश दवाडी, आयुषभक्त श्रेष्ठ, निता शाक्य मल्ल, डिवित अधिकारी, डेलिया पौडेल, सुजन सायमी, प्रभा मैनाली, रोशना श्रेष्ठ, तिनुसिंह श्रेष्ठ, विशाल खनियाँ, रोजिना मानन्धर, रवीन्द्र शर्मा, श्यामबहादुर सिंह, प्रशान्त पौडेल, समी मानन्धर, योगेन्द्र बिष्ट, रुकेशमान शाक्य र प्रदीप पाण्डे रहेका छन् ।

पटक–पटकको अनशनले स्वास्थ्य क्षेत्रमा ठूलो क्षति पुगेको भन्दै उनीहरुले डा। केसीलाई कारबाही गर्नसमेत माग गरेका छन् ।

अस्पतालजस्तो अत्यावश्यकीय सेवा दिने ठाउँमा अनशन बस्न नमिल्ने शिक्षण अस्पतालका पदाधिकारी, विभागीय प्रमुखहरू, पूर्वडिन र प्राध्यापकहरूले आग्रह गरेका थिए । जिल्ला प्रशासन कार्यालय काठमाडौंले अस्पतालभित्र अनशन बस्न नदिन भन्दै अस्पताल प्रशासनलाई पत्राचार गरेको थियो ।