– योगेन्द्रकुमार जोगी
संखुवासभा,२५ असार । बादरले खेतीबाली नष्ट गरेपछि धुपुका किसानहरु हैरान भएका छन् । धुपु गाविस वडा १ र २, का किसानहरु बादरबाट हैरान भएका हुन् ।
भर्खर फल्न थालेको बारीको मकै बादरले स्वाह पार्न थालेपछि किसानहरु चिन्तित भएका हुन् । खडेरीले बेलामा मकै रोप्न नपाएका किसानहरुले बल्ल बल्ल रोपेर फल्न थालेको मकै बादरले खाएर स्वाह भएको धुपु गाविस वडा नं. १ का किसान प्रेम बहादुर राईले बताए । मेरो बारीको मकै पाक्ला र भाच्न जाउला भन्न नपर्ने भएको छ । मकै बादरले स्वाहा पारेको देख्दा रुनै मन लाग्ने भएको छ’ किसान राईले भने ‘यहाँका किसानका बारीमा लगाको मकै बादरले नष्ट पारेको छ ।’
स्थानीय बन जंगलमा बस्ने बादरले वरपरको बारीको मकै, बोडी र मस्याङ बाली खाएको हो । बादर पनि धपाउन सकिएन’ स्थानीय किसान रामकुमार घिमिरेले भने संविधान संभाको निर्वाचन अघि बादर धपाउन किसानले बन्दुक समेत राखेका थिए। तर, चुनाव ताका सबै बन्दुक प्रहरीमा बुझाए पनि अहिले बादरलाई धपाउन समस्या भएको उनीहरुले बताएका छन् ।
मकै यहाको धान पछिको प्रमुख खाद्यान्न बाली हो । खडेरीले मकैको उत्पादन ५० प्रतिशत भन्दा बढी घट्ने अनुमान गरिएको बेला बादरले स्वाहा पार्न थाले पछि १० प्रतिशत मकै पनि किसानले भित्राउन नपाउने भएका छन् ।















प्रतिक्रिया