१० कार्तिक २०८३, मंगलबार

यो के खाँदै छौँ हामी ? वधशालमा किराको बास

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Raga ko Masu sकाठमाडौं, २५ असार । राजधानीमा सबैभन्दा बढी खपत हुने खाजा हो, ‘मःम’ । त्यसमा पनि ‘बफ मःम’ धेरैको रोजाइमा पर्ने गर्छ । मःम बनाउने कच्चा पदार्थ (राँगा, भैँसीको मासु) भने कल्पनै गर्न नसक्ने दुर्गन्धित र अस्वस्थ पाइएको छ । केही दिनदेखि दैनिक उपभोग्य वस्तुको अनुगमन गरिरहेका आपूर्तिमन्त्री गणेशमान पुन नेतृत्वको टोलीले शुक्रबार राजधानीका वधशालामा कस्तो मासु फेला पारे ? नयाँ पत्रिका दैनिकले छापेको रिपोर्ट

वधशालमा किराको बास

मासु काट्ने वधशाला सफा र सुग्घर हुनुपर्ने मापदण्डमा उल्लेख छ । तर, त्यहाँको दृश्य ठीकविपरीत थियो । जताततै फोहोरको दुर्गन्ध मात्र होइन, सेता किरा स्याउँस्याउँ कुदिरहेका थिए । ती किरा मासु खाने र फर्कने गरिरहेका थिए । सञ्चालकले प्लास्टर गरिएको भुइँ कतै सफा नराख्दा किरा परेको थियो । त्यस्तै जताततै रगतको छिटा देखिन्थ्यो । हाडखोरको थुप्रो त्यहीँ एक कुनामा थियो ।

रोगी राँगा र भैँसी खपत

वधशालामा रोगी राँगा र भैँसी काट्ने गरेको पनि पाइएको छ । रोग लागेका राँगा, भैँसीको मासु खाँदा विभिन्न रोग सर्ने सम्भावना हुन्छ । तर, सञ्चालकले सस्तो मूल्यमा पाइने भएकाले रोगी र बुढो भैँसी विभिन्न स्थानबाट ल्याउने र वधशालामा काट्ने गरेको टोलीले फेला पा-यो । ‘वधशालामा राखिएका राँगा, भैँसी अस्वस्थ र रोगी देखिन्थे,’ अनुगमन टोलीकी सदस्य उपभोक्ता अधिकारकर्मी विमला खनालले भनिन् । राँगा, भैँसी राख्ने ठाउँमा ग्याजग्याज हिलो थियो, वरिपरि झिँगालगायत रोग फैँलाउने अन्य किरा भन्किरहेका थिए ।’ अर्कोतर्फ वधशाला आवास क्षेत्रमा र अझ घरसँगै जोडेर चलाइएको थियो । ‘वधशाला सञ्चालन गरेको स्थान घना बस्तीमा पाइयो, एउटा घर त सँगै टाँसिएको रहेछ,’ उनले भनिन्, ‘त्यति धेरै फोहोर गरी सञ्चालन गरेको वधशालाले उपभोक्ताको स्वास्थ्यमा ठूलो खेलवाड गरेको देखियो ।’ पसलमा राखिएको ढक, तराजु पनि प्रमाणित नभएको पाइएको उनले बताइन् ।

११ वर्ष दर्ता नभई सञ्चालन

अत्यधिक फोहोर भेटिएको ‘मोज मिल सेन्टर’ वधशाला १५ वर्षदेखि सञ्चालनमा रहेको, तर चार वर्षअघि मात्र दर्ता गरेको पाइएको पशु चिकित्सक डा. नारायणप्रसाद घिमिरेले जानकारी दिए । ‘त्यति विघ्न फोहोर वधशाला १५ वर्षदेखि सञ्चालनमा रहेको पाउँदा उपभोक्ताको स्वास्थ्यमा कतिसम्म खेलवाड भइरहेको रहेछ भनेर आश्चर्य लाग्यो,’ उनले भने, ‘चार वर्षअघि दर्ता गरेको पाइयो । दर्तै नगरेका वेला त झन् कस्तो मासु बिक्री हुन्थ्यो होला ।’ उपत्यकाको थानकोट, टेकु, जोरपाटी, शोभाभगवती मन्दिरछेउको विष्णुमती नदी किनारमा गरी पाँच–सातवटा यस्ता वधशाला सञ्चालनमा रहेको उनले बताए । ‘जति सञ्चालनमा छन्, ती सबै सतुंगलमा भेटिएभन्दा फरक छैनन्, सबै फोहोर छन्,’ उनले भने ।

अरू वधशालामा धमाधम सफाइ

शुक्रबारै अनुगमन टोलीले ‘ह्युमत वधशाला’को पनि अनुगमन गरेको छ । अनुगमन टोली पुग्दा कामदार धमाधम सफाइ गर्दै थिए । अनुगमन टोली आउँदै गरेको थाहा पाएपछि उनीहरू सफाइमा जुटेका थिए । उनीहरूले सफाइ गरेर ठीक पारेकाले त्यहाँ खासै समस्या देखिएन । शुक्रबारै टोलीले कालिमाटीस्थित माछा बजारको पनि अनुगमन ग¥यो । जनकपुर माछापसल, मानन्धर माछापसल, न्यु फिस हाउसलगायतको निरीक्षण गरिएको थियो । सबैले पसलभित्र माछा नराखेर बाटोमा खुला रूपमा बिक्री गरेको पाइएको टोली सदस्य खनालले बताइन् ।