काठमाडौं, २४ असार । सानिमा बैंक लिमिटेडले नेपाली राष्ट्रिय तथा अन्डर–१९ क्रिकेटका उदयमान खेलाडी सन्दिप लामिछानेलाई दुई वर्षका लागी प्रायोजन गर्ने सम्झौता गरेको छ ।
आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको अन्तर्गत सानिमा बैंकले सन्दिपलाई मासिक २० हजारका दरले प्रायोजित रकम प्रदान गरी खेल जीवनमा अभ्यस्त रहन प्रेरित गर्नेछ । एक समारोमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल र क्रिकेटर सन्दिपबीच उक्त सम्झौता पत्रमा हस्ताक्षर भयो ।
नेपालले बिगत केहि वर्षदेखी क्रिकेट क्षेत्रमा उल्लेखनिय प्रगति गरेको छ । सन् २०००, अगस्ट ०२ मा जन्मिएका सन्दिप लेग ब्रेक बलिङ्ग स्टाईलमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । उनी सानै उमेरमा बङ्गलादेशमा हालै सम्पन्न भएको आईसीसी अण्डर १९ विश्वकपमा राम्रो प्रदर्शन गर्न सफल भएका थिए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत दाहालले सम्पूर्ण सानिमा परिवार सन्दिपलाई प्रयोजन गर्न पाएकोमा खुसी भएको र सानिमाबाट प्रेरित भई अन्य संस्थाशरुले पनि खेलाडीहरुलाई सहयोग गरी नेपालमा प्रोफेसनल क्रिकेट को विकासमा सहयोग गर्ने आशा ब्यक्त गर्नुभयो । साथै नेपाल क्रिकेट टिम को आगामी यूके (बेलायत) तथा नेदरल्याण्ड भ्रमणको सफलताको शुभकामना ब्यक्त गर्नुभयो ।















प्रतिक्रिया