२६ कार्तिक २०८३, बिहिबार

मन्त्रिपरिषद् कार्यसूचीमा प्रवेश नगरी स्थगित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-oliकाठमाडौँ, २४ असार । मन्त्रिपरिषद्को आजको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगन भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठक बसेपनि कार्यसूचीमा प्रवेश नगरी स्थगन भएको हो ।

व्यवस्थापिका संसद्मा विनियोजन विधेयकअन्तर्गत विभिन्न शीर्षकमाथि सांसदका प्रश्नको जवाफ दिन मन्त्रीहरु जानुपर्ने तथा प्रधानमन्त्री केपी ओलीको पनि काभ्रेको धुलिखेलमा जानुपर्ने कार्यक्रमका कारण बैठक स्थगन भएको सूचना तथा सञ्चारमन्त्री शेरधन राईले जानकारी दिनुभयो । रासस