२६ कार्तिक २०८३, बिहिबार

संघीय गठबन्धनको रिले अनशन ३२औँ दिनमा प्रवेश

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rile Ansanकाठमाडौं, २४ असार । मधेसी मोर्चासहितका दलहरू आवद्ध संघीय गठबन्धनको ३२औँ दिनको रिले अनशनको नेतृत्व तराई मधेस सद्भावना पार्टीका नेता रामकुमार मण्डलले गर्नुभएको छ ।

काठमाडौंको खुलामञ्चमा जारी रिले अनशन शुक्रबार ३२औँ दिनमा प्रवेश गरेको छ । ३२औँ दिनको रिले अनशनलाई तमसपाका नेता मण्डलले गर्नुभएको राष्ट्रिय मधेस समाजवादी पार्टीका प्रवक्ता केशव झाले जानकारी दिनुभयो ।

रिले अनशनमा राष्ट्रिय मधेस समाजवादी पार्टीका मुख्य सचेतक धर्मेन्द साह,संघीय समाजवादी फोरम नेपालका नेता राजन के.सी., तमलोपाका नेता प्रमोद झा, थरुहट पार्टीकी नेतृ स्वस्तिका चौधरीलगायत ३३ जना सहभागी छन् ।

संविधान पुनर्लेखनको माग गर्दै आएको संघीय गठबन्धनको रिले अनशन जेठ २५ गतेदेखि सुरु भएको थियो । अनशन असार मसान्तसम्म चल्नेछ ।

यसैबीच, संघीय गठबन्धनको सचिवालयको बैठक आज बस्दैछ । तीनकुनेमा बस्ने बैठकमा रिले अनशनको समीक्षा हुने रामसपाका प्रवक्ता झाले जानकारी दिनुभयो ।