१० कार्तिक २०८३, मंगलबार

सिटौलाले शशांकको उपचारमा किन आशंका जनाए ?

7.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Shashank koirala & Pm Kp Oliकाठमाडौं, २४ असार । ओम अस्पतालको सघन कक्षमा भेन्टिलेटरमा अचेत कांग्रेसका महामन्त्री शशांक कोइरालालको उपचारमा समर्पित चिकित्सकको प्रयास जारी रहँदा कांग्रेसका केही शीर्ष नेतालाई भारतको नयाँ दिल्ली लजान चाहन्थे ।

नेता कृष्णप्रसाद सिटौलाको सुझावमा अस्पतालका बरिष्ठ चिकित्सक भोला रिजालले अडानपूर्ण उत्तर दिए, ‘हामीले यति धरै प्रबुद्ध चिकित्सकलाई जम्मा गरेर उपचार गरिरहेका छौं । उहाँको स्वास्थ्यमा केही सुधारका संकेतसमेत देखिइसकेका छन्, किन लग्ने बाहिर ? त्यहाँ पनि यही उपचार गर्ने त हो नी ।’

रिजालबाट यो जवाफ पाउँदा पनि नेता सिटौलालाई भने अझै चित्त बुझेन भने, ‘हैन मिल्छ भने लगौं भन्ने कुरा हो ।’ अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

डा. रिजालले गम्भीर हुँदै भने, ‘भेन्टिलेटरमा राखिएको बिरामीलाई हामी कुनै पनि हालतमा बाहिर लग्ने अनुमति दिँदैनौं । परिवारले पनि यहीं ठीक छ भनिरहनु भएको छ ।’

शशांकको उपचारमा नेपालका प्रख्यात चिकित्सक संलग्न भइरहेको बताइरहे पनि ‘उहाँलाई किन दिल्ली नलगेको ? भारतबाट चिकित्सक आउने कुरा के भयो ? भन्ने जस्ता अनगिन्ती प्रश्न सोध्ने अरुपनि थिए ।

तर ओम अस्पतालको टिम र त्यसलाई साथ दिएका अन्य चिकित्सक आत्मविश्वास र दृढतासहित ठूलै जोखिम मोलेर शशांकको उपचारमा निरन्तर खटिरहे र २४ घन्टापछि खतरामुक्त, भन्न नसकेपनि उनको स्वास्थ्यमा द्रुत सुधार देखियो ।

बिहीबार साँझ जारी अस्पताको बुलेटिनअनुसार उनको स्वास्थ्य सुधार भएपनि भेन्टिलेटरबाट निकालिएको छ तर खतरामुक्त भने भइसकेका छैनन् ।