३० आश्विन २०८३, शुक्रबार

भ्याकुलोडर खरिदमा भ्रष्टाचार

896
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Excavator– हेमन्त पौडेल

कैलाली, २३ असार । कैलालीको मध्यवर्ती क्षेत्रमा पर्ने भजनी–त्रिशक्ति नगरपालिकाको भ्याकुलोडर खरिदमा भ्रष्टाचार भएको छ । नगरपालिकाका कर्मचारीहरुको मिलेमतोमा भ्रष्टाचार भएको खुलेको छ ।

भ्याकुलोडर खरिदका लागि भन्दै नगरपालिकाले जेठ २० गते टेण्डर खोलेको थियो । तर असार २१ गते खोलेको टेण्डरमा कम रकममा दिने कम्पनीलाई टेण्डर पार्नुको साटो बढी मूल्यको टेण्डर कम्पनीलाई पारिएको छ । कर्मचारीको मिलेमतोमा बढी रकमको कम्पनीलाई टेण्डर पारेको भन्दै स्थानीयबासिन्दाहरुले विरोध गरेकाछन् ।

भ्याकु लोडर खरिदका लागि भन्दै नगरपालिकाले ४१ लख ६० हजार रकम विनियोजन गरेका थियो । नगरपालिकाले आव्हान गरेका टण्डरमा ३ वटा कम्पनीको टेण्डर परेको थियो । काठमाण्डौको आईएमई अटोमोटिभ्स प्रा.लि.ले ४१ लाख ३१ हजार रुपैया राखेर हालेको टेण्डरलाई नगरपालिकाले स्विकृत गरेको छ ।

बुटवलको जि.एस. ट्रेडर्स एण्ड सप्लायर्सले सोही शिर्षकमा ३४ लाख ३७ हजार ७ सय ७७ रुपैयामा टेण्डर हालेको थियो भने ललितपुरको फोर्स कन्स्ट्रक्सन एलसीसीले ३६ लाख ५ हजार रुपैयामा टेण्डर हालेको थियो ।

नियमानुसार बुटवलको जि.एस ट्रेडर्स एण्ड सप्लायर्सको नाममा टेण्डर पर्नुपर्ने थियो तर कर्मचारीको मिलेमतोमा बढी रकमको टेण्डरलाई स्वीकृति दिएको छ ।

नगरपालिकाको ४ सदस्यीय खरिद समितिको सिफारिसमा सबैभन्दा बढी रकम हाल्नेलाई भ्याकु लोडर खरिद गर्न स्विकृत दिईएको हो ।

रिद समितिको संयोजकमा कार्यकारी अधिकृत धर्मानन्द भट्ट, आमन्त्रित सदस्यमा मेकानिकल ईन्जिनियर खेमराज चटौत, लेखा अधिकृत शुनिल ठाकुर र नायब सुब्बा विष्णु न्यौपाने रहेका छन् ।

भजनी–त्रिशक्ति नगरपालिकाका कार्यकारी अधिकृत एवं खरिद समितिका संयोजक धर्मानन्द भट्टले मेकानिकल ईन्जिनियरले दिएको सुझावको आधारमा सबैभन्दा बढी रकम हाल्नेलाई दिईएको बताउनुभयो ।

उहाँले टेक्निकल कुरा ईन्जिनियरले नै हेर्ने हुँदा हामिले केहि गर्न नसक्ने बताउँदै मेकानिकल ईन्जिनियरले दिएको सुझावको आधारमा काठमाण्डौको आईएमई अटोमोटिभ्स प्रा. लि. लाई खरिदका लागि अनुमति दिएको बताउनुभयो ।

भजनी–त्रिशक्ति नगरपालिका र लम्कि–चुहा नगरपालिकाको लेखा हेरिरहेका लेखा अधिकृत एवं खरिद समितिका सदस्य शुनिल ठाकुरले पनि इन्जिनियरले दिएको सुझावको आधारमा सबैभन्दा बढी रकम कवोल गर्नेलाई ठेक्का दिएको स्वीकार्नुभयो । तर मेकानिकल ईन्जिनियर खेमराज चटौतको मोवाइल स्वचअफ भएकाले सम्पर्क हुनसकेन ।