१० कार्तिक २०८३, मंगलबार

देउवालाई खुमबहादुरले किन धम्क्याए ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

khumbahadur-khadkaकाठमाडौं, २३ असार । नेपाली कांग्रेसको १३ औं महाधिवेसनबाट सभापति बनेका पूर्ब प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टीका अर्का प्रभावशाली नेता खुमबहादुर खड्काले आफुलाई वाइपास गरेको भन्दै असफल बनाइदिने धम्की दिएका छन् ।

१३औं महाधिवेसनको समयमा भएको सहमति बमोजिम देउवा सभापतिमा बिजयी भएर पनि उपसभापतिमा खड्काको नाम प्रस्ताव गर्न आनाकानी गरेपछि देउवालाई खड्काले यस्तो धम्की दिएका हुन् । यूनाइटेड पोष्ट पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

उनले आफुलाई विगतमा भएको सहमति बमोजिम उपसभापतिमा नाम प्रस्ताव नगरी बिमलेन्द्र निधिलाई अघि सारेमा त्यस्तो प्रस्ताव नैं फेल गर्ने धम्की दिएको बुढानिलकण्ठ स्रोतले बतायो ।

महाधिवेसनमा देउवासहित ३२ जना केन्द्रीय कार्य समितिमा निर्वाचित भएका छन् । खड्कासग उनीसहित ६ जना केन्द्रीय सदस्य निर्वाचित भएकाले ति सबैले देउवालाई असहयोग गरी पौडेलको पक्षमा लाग्ने धम्की दिएका छन् ।

खड्काको धम्कीका कारण यतिवेला देउवा गुटमा भुईंचालो गएको छ । देउवा निकटका केन्द्रीय सदस्यहरु यतिवेला निधिको सल्लाह मान्दा पार्टी संस्थापन पक्ष कमजोर बनेको भन्दै गुनासो गर्न थालेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई जतिसक्दो चाँडो ढालेर एमाओवादीसँग मिलेर भएपनि सरकारमा जाने कसरत गरिरहेका देउवालाई खड्काको चेतावनी र धम्कीले समस्यामा पारेको हो ।

सरकारमा जान हतारिएका देउवालाई नेपाल मामिला हेर्ने भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका नेता भगतसिंह कोसीयारीले समेत खड्कालाई समेटेर अघि बढे ओली सरकार ढाल्न केही समस्या नपर्ने उपाय बताएपछि देउवा समेत चिन्तित बनेका हुन् ।

कट्टर हिन्दुवादी दलका हिन्दूवादी नेता कोसीयारीसँग खड्काको पछिल्ला बर्षमा भेटघाट बाक्लिएको थियो । यसै प्रसंगमा कोसीयारी भेट्न अन्नपूर्ण होटल पुगेका देउवालाई खड्काको नाम सुन्ने बित्तिकै झन छटपटी भएको थियो ।

कोसीयारी भेट्न किन भिड ?

नेपाल मामिलाका जानकार तथा भारतको नयाँ प्रदेश उत्तराखण्डका पूर्ब मुख्य मन्त्रीको मात्र हैसियत भएका भारतीय जनता पार्टीका केन्द्रीय सदस्य भगतसिंह कोसीयारीलाई भेट्न नेपालका एक से एक नेताहरु लाम लागेका छन् ।

एक साता यता नेपालमा डुल्दै घुम्दै आएका कोशीयारी भेट्न व्यवस्थापिका संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभपाति शेरबहादुर देउवा अन्नपूर्ण होटल नै पुगे । भेटमा देउवालाई कोशीयारीले खुमबहादुर खड्का, कृष्णप्रसाद सिटौला, डा. शेखर कोइरालासहित पाँच जना उपसभापति बनाउन सल्लाह दिए ।

त्यस्तै, कांग्रेसका असन्तुष्ट नेताहरु केवी गुरुड, बिनयध्वज चन्द र गोबिन्दराज जोशीले भने घरमै बोलाएर डिनरको बहाना गरी केन्द्रीय सदस्य बनाईदिन देउवालाई दबाब दिन अनुरोध गरे । नेपाल प्रहरीका बहालवाला केही डिआईजीहरु समेत कोसीयारीलाई भेट्न होटल अन्नपूर्ण पुगेका थिए ।