१० कार्तिक २०८३, मंगलबार

ओलीद्वारा प्रचण्डलाई बाटो खुल्ला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Puspakamal-Dahal-&-K-P-Oliकाठमाडौं, २२ असार । सत्ता परिवर्तनका श्रृंखला जोडिँदै गरेको बेला प्रधानमन्त्री केपी ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर जे गर्नुपर्ने हो छिटो गर्न बाटो खुल्ला गरिदिएका छन् । जनआस्था साप्ताहिकले समाचार छापेको छ ।

अस्ति सोमबारको भेटमा उनले भेनका थिए, ‘तपाईमा बारम्बार अस्थिरता देखा पर्ने गरेको छ । अहिले फेरि यो प्रकट भयो । प्रत्येक पार्टी आफ्नो निर्णय गर्न स्वतन्त्र छन् । माओवादीले के गर्दा बेश हुन्छ एमालेले भन्ने कुरा आएन । ठ्याक्कै के गर्न लागेको हो बेलैमा पोजिशन क्लियर गर्नुस् ।’

ओलीले दुवै छिमेकीसँग सम्बन्ध सुधार भइरहेको बेला सत्ता फेरिने हल्लाले अस्थिरता निम्त्याउन चाहनेहरूको हौसला बढ्ने बताउँदै यो पनि भने, ‘एमाले भारी भएर अर्को भारी बोक्न खोज्नुभएको हो कि ? नौँ बुँदेको कुरा गर्दा कांग्रेससँग हामीले मिलेर गरेको १६ बुँदेलाई किन बिर्सनु हुन्छ ? सहमति तोडेर सहयात्राबाट भागेको कांग्रेसलाई लौ खाउ भनेर सत्ता सुम्पन जाने कुरा आएन । एमालेले आफू बराबर आठ मन्त्रालय, उपराष्ट्रपति सभामुख दिएकाले पुगेन, अब प्रधानमन्त्री पनि खाउ भनेर किस्तीमा राखी कांग्रेसले तपाईलाई खरुक्क प्रधानमन्त्री पद बुझाउने सम्भावना पनि देख्दिन ।’

उनले नौँ बुँदेको कार्यान्वयन एमालेले गरेन भनेर एकोहोरो आक्षेप नलगाउन पनि प्रचण्डलाई सुझाएको बताइन्छ ।