१० कार्तिक २०८३, मंगलबार

एमालेले हेपाहापूर्ण व्यवहार गरेको माओवादीभित्र गुनासो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mao Kendra Meetingकाठमाडौं, २२ असार । अधिकांश हेडक्वाटर सदस्यले वर्तमान सरकार छाड्ने मनस्थिति बनाएका बेला मंगलबारबाट सुरु भएको माओवादी केन्द्रको पोलिटब्युरो बैठकमा सहभागीले सरकारबाट बाहिरिन थप जोड दिएका छन् ।

१० वटा कम्युनिस्ट घटक मिलेर बनेको केन्द्रका दुई सय ५५ पोलिटब्युरो सदस्यमध्ये अधिकांश एमाले नेतृत्वको सरकारबाट बाहिरिने पक्षमा रहेको हेडक्वाटार सदस्य मणि थापाले जानकारी दिए । नागरिक दैनिकले समाचार छापेको छ ।

वैठक सुरु भएको पहिलो दिन सात वटा प्रदेश र प्रवास समितिका इन्चार्ज र ती समिति अन्तर्गतका सदस्यले आआफ्ना प्रदेशका रिपोर्टिङ गरेका थिए ।

रिपोर्टिङका क्रममा कतिपय नेताहरुले सत्ता साझेदार रहँदा पनि माओवादी कार्यकर्तालाई राज्यका निकायबाट फरक व्यवहार भइरहेको, एमालेले हेपाहापूर्ण व्यवहार गरेको गुनासो गरेका थिए ।

वैठकमा सहभागी एक नेताका अनुसार प्रदेश नम्बर २ का विश्वनाथ साह र रामचन्द्र मण्डलले गृहमन्त्री शक्तिबहादुर बस्नेतको नामै किटान गरी प्रहरी प्रशासनले माओवादी कार्यकर्तालाई धरपकड गर्दा कुनै पनि सहयोग गर्न नसकेको भन्दै विरोध गरेका थिए ।

‘आफ्नो कार्यकर्ताको सुरक्षा गर्न नसक्ने सरकारमा बसिरहनु कुनै जरुरी छैन । सरकारबाट जतिसक्दो चाँडो बाहिरिनुपर्छ,’साहले भने ।

गत वैशाख २३ गते एमाले नेतृत्वसँग गरिएको ९ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै सरकारबाट बाहिरिने प्रयासमा रहेको माओवादी नेतृत्वलाई पोलिट्व्युरो सदस्यहरुको भनाईले थप मद्दत पुगेको स्रोतको भनाई छ ।