काठमाडौँ, २१ असार । आर्थिक समृद्धिका लागि भन्दै घोषणा भएको नयाँ शक्ति नेपालले देश विकासको खाका समावेश गरिएको ‘ट्रेलर’ सार्वजनिक गरेको छ ।
मंगलबार संयोजक बाबुराम भट्टराईले सामाजिक सञ्जालमार्फत देश विकासको खाकासहितको एनिमेटेड भिडियो सार्वजनिक गरेका हुन् । भिडियोमा ‘समृद्धि सम्भव छ हाम्रै पालामा’ नारा समेटिएको छ भने विकासका दृश्यलाई प्राथमिकताका साथ देखाइएको छ ।
सुरुमा पाइपलाइन सुख्खा भएको देखाइएको भिडियोमा त्यपछि पाइप टालेपछि पाइपलाइनबाट पैसा झरेको देखाइएको छ ।
उक्त पैसालाई सदुपयोग गरेर सुन्दर सडकमार्ग, प्राविधिको सहायताबाट कृषि खेती, जलविद्युत सँगै केबलकार देखाइएको छ । अन्तिममा आर्थिक समृद्धिका लागि नयाँ शक्ति नेपाल लेखिएको देखाइएको छ ।
हेर्नुस् भिडियोः
















प्रतिक्रिया