२६ कार्तिक २०८३, बिहिबार

लामो समयपछि दुई राप्रपावीच वार्ता हुँदै, पद बाँडफाँटमा कुरा मिलाइने

4.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rppकाठमाडौं, २१ असार । राप्रपा र राप्रपा नेपालवीचको पार्टी एकीकरण प्रक्रिया अन्यौलमा परिरहेका बेला आज फेरि वार्ता हुँदैछ ।

सिंहदरबारमा दिउँसो एक बजे दुबै राप्रपाको वार्ता टोलीको संयुक्त बैठक बस्न लागेको राप्रपाका सहप्रवक्ता एवम् वार्ता टोली सदस्य किरण गिरीले जानकारी दिनुभयो ।

‘राप्रपा र राप्रपावीच लामा अनौपचारिक कुराकानीपछि आज औपचारिक रुपमा वार्ता एकता प्रक्रियाका विषयमा वार्ता हुँदैछ’, गिरीले भन्नुभयो, ‘दुबै पार्टी एकीकरण गर्ने विषय धेरै हदसम्म अगाडि बढिसकेका छौँ । यसले ठोस रुप पाउन बाँकी छ ।’

राप्रपा नेपालका सहप्रवक्ता तथा वार्ता टोलीका सदस्य मोहन श्रेष्ठले पनि धेरै विषयमा सहमति भइसकेको बताउनुभयो । ‘हामीले धेरै विषय मिलाइ सकेका छौँ’, उहाँले भननुभयो, ‘केही विषयमा अलि धेरै गृहकार्य गर्न बाँकी छ । दुबै राप्रपावीच एकीकरण हुन्छन् ।’

Rpp Nepalराप्रपा र राप्रपा नेपालवीच एकीकरणका लागि दुबै पार्टीले वार्ता गर्न उच्चस्तरीय वार्ता टोली बनाएका थिए । राप्रपाबाट वार्ता टोलीको संयोजक बुद्धिमान तामाङ हुनुहुन्छ भने राप्रपा नेपालबाट उपाध्यक्ष राजीव पराजुलीले वार्ता टोलीको नेतृत्व गर्नुभएको छ ।

स्रोतका अनुसार एकीकरण हुने राप्रपामा दुई अध्यक्ष रहनेछन् । राष्ट्रिय अध्यक्ष राप्रपा र कार्यकारी अध्यक्षको जिम्मेवारी राप्रपा नेपाललाई दिने मोटामोटी सहमति भइसकेको छ ।

उता, राप्रपाका वरिष्ठ नेता डा.प्रकाशचन्द्र लोहनीले केशरबहादुर विष्ट सहितका समूहलाई पनि समेटेर अबको पार्टी एकीकरण प्रक्रियामा ल्याउनु पर्ने बताउँदै आउनुभएको छ । विष्टलाई भित्र्याउने विषयमा राप्रपा नेपालका अध्यक्ष कमल थापा खासै सकारात्मक हुनुहन्न ।