काठमाडौं, २० असार । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नै नेतृत्वमा सरकार बनाउन आतुर देखिएका छन् ।
उनी आफ्नै महत्वकांक्षा पूरा गर्न लागेका हुन् या कसैको उक्साहटमा सरकार गिराउने खेलमा सामेल भएका हुन् बुझ्न भने सकिएको छैन ।
केपी ओलीको नेतृत्वको संयुक्त सरकारमा माओवादी केन्द्रका नेताले प्रभावशाली मन्त्रालय चलाएका छन् । साँघु साप्ताहिकले समाचार छापेको छ ।
प्रधानमन्त्री र केही प्रभावशाली मन्त्रालय एमाले र राप्रपाले पाए बाहेक काम गर्ने मन्त्रालय माओवादी केन्द्रको हातमा छ । गृह, शिक्षा, कृषि विकास, आपूर्ति, वन, सिंचाइ, उर्जा, सामान्य प्रशासन जस्ता मन्त्रालय काम गर्नेका लागि महत्वपूर्ण हुन् । माओवादी केन्द्रका सबैजसो मन्त्रीहरू असक्षममात्र भएका होइनन् । कि भ्रष्ट समेत सावित भएका छन् ।
प्रचण्डले यी सबैलाई लगाम लगाएर चलाएको भए केपी ओलीको नेतृत्वका संयुक्त सरकारले ल्याउने परिणाम अर्कै हन्थ्यो । माओवादी केन्द्रका नेताको भ्रष्ट चरित्र र असक्षमताको नैतिक जिम्मेवारी अब प्रचण्ड र उनको पार्टीले लिनु पर्ने अवस्था सिर्जना भएको छ ।
प्रचण्डले आफूले सरकारको नेतृत्व गरेमा शान्ति प्रक्रिया टुंग्याउने, तीनवटै निर्वाचन २०७४ साल माघ ८ अगावै गर्ने, मधेस, जनजातिका मुद्दा सुल्झाउने र भूकम्पको पुनर्निर्माणलाई तीब्रता दिने बताएका छन् ।















प्रतिक्रिया