२ कार्तिक २०८३, सोमबार

सोह्र वर्षपछि चिज केन्द्रको पुनःस्थापना

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Chijपाँचथर, १९ असार । द्वन्द्वकालमा विस्थापित भएको पाँचथर पञ्चमी गाविसस्थित गोपेटारमा दुग्ध विकास संस्थानको चिज उत्पादन केन्द्र १६ वर्षपछि पुनःस्थापना भएको छ ।

विसं २०५४ मा विस्थापित भएको केन्द्र स्थानीयवासीको मागअनुसार गाईको दूध सङ्कलन गरी कञ्चन चिज उत्पादन गर्ने उद्देश्यले चिज उत्पादन केन्द्र पुनःस्थापना गरेको केन्द्रका प्रमुख गणेश भुजेलले बताउनुभयो ।

चिज उत्पादन केन्द्र पुनःस्थापना भएपछि पाँचथरको पञ्चमी, सुभाङ, थर्पु, अमरपुर, च्याङ्थापु र नागी गाविसका किसानले गाईको दूधको मूल्य राम्रो पाउन थालेको स्थानीयवासी दीपेन्द्र सुब्बाले बताउनुभयो ।
दुग्ध विकास संस्थानले २०५४ सालमा स्थापना गरेको गोपेटारको चिजउत्पादन केन्द्र तीनवर्ष सञ्चालनमा आएपछि बन्द भएको थियो ।

झोलुङ्गे पुल बनेपछि स्थानीयवासीलाई सहज

पाँचथरको नवमीडाँडा–९ र आङ्सराङ–३ जोड्ने माङ्सङेवा झोलुङ्गे पुलको निर्माण कार्य सकिएको छ ।

जिल्ला विकास समिति पाँचथरको रु २१ लाख १० हजार ८२ को आर्थिक सहयोग र स्थानीयवासीको जनश्रमदानमा उक्त पुलको निर्माण कार्य सकिएको कार्यालयका इन्जिनियर प्रेम काफ्लेले जानकारी दिनुभयो ।

उहाँका अनुसार यो पुल ६० मिटर लामो छ । यो पुल बनेपछि त्यस भेगका झन्डै १५० घरधुरीलाई प्रत्यक्ष रुपमा आवातजावत गर्न सहज भएको स्थानीयवासी चन्द्र आङ्देम्बेले वताउनुभयो । रासस