१० कार्तिक २०८३, मंगलबार

एमाले–माओवादीबीच अझै दूरी बढोस् भन्ने चाहना, पर्खाइमा कांग्रेस

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KP-Oli-Onsari-Sherbahadur-Prachandकाठमाडौं, १९ असार । सरकार परिवर्तनका लागि माओवादी केन्द्रबाट ठोस प्रस्ताव आउनुपर्ने पक्षमा कांग्रेस छ ।

यसअघि २३ वैशाखमा कांग्रेस र माओवादीबीच सहमतिसहित सरकार फेर्ने प्रयास भए पनि माओवादी र एमालेबीच नौबुँदे सहमतिपछि असफल भएको थियो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

‘राष्ट्रिय सरकारको बहस नयाँ होइन, राष्ट्रिय सरकार मात्र भनेर हुँदैन । कस्तो स्वरूपमा जाने भन्ने प्रस्ट रोडम्याप आउनुपर्छ । ठोस स्वरूप नल्याउने अनि ‘मोही माग्ने ढुंग्रो लुकाउने’ शैली ठीक छैन,’ कांग्रेस नेता डा प्रकाशशरण महतले भने ।

माओवादी केन्द्रले आफ्नै नेतृत्वमा वा कांग्रेस नेतृत्वमा सरकार बनाउने भन्नेबारे स्पष्ट प्रस्ताव ल्याएपछि मात्र यस विषयले गति लिने उनको भनाइ छ ।

‘कि ओलीजीले राष्ट्रिय सहमतिका लागि सरकार छाड्ने भनेर छलफल चलाउनुपर्‍यो कि प्रचण्डले सरकार छाडेर आउनुपर्‍यो । तब मात्र नयाँ सरकारबारे छलफल अघि बढ्छ’, महतले भने, ‘आ–आफूलाई केन्द्रमा राखेर सरकारको विषय अघि बढ्दैन । प्रस्ट रोडम्यापविना हचुवामा हामी फेरि धोका खान चाहदैनौा ।’हस्ताक्षर गर्न तयार भएको माओवादीबाट धोका पाएकाले यसपटक कमजोर प्रयास नगर्ने कांग्रेस नेताहरू बताउाछन् ।

तर, देउवालाई पार्टीभित्रै अप्ठ्यारो

कांग्रेसमा नेता रामचन्द्र पौडेल पक्षका नेताहरू सरकार फेरिहाल्ने मनस्थितिमा छैनन् । शनिबार विराटनगरमा नेता पौडेलले संविधान कार्यान्वयनमा केन्द्रित हुन सरकार परिवर्तनभन्दा मधेस केन्द्रित दलसँग वार्ता गरेर जानुपर्ने बताएका छन् । ‘सरकार हामीले मात्र चाहेर परिवर्तन हुने विषय होइन । यसबारे पार्टीमा पनि छलफल भएको छैन,’ पौडेलले भने, ‘अहिले सत्ताभन्दा व्यवस्था मिलाउन लागौा ।’ तर, नेता प्रकाशशरण महतले सरकार फेरिने अवस्थामा पार्टीमा सहमति बन्ने दाबी गरे । ‘सभापति सबैलाई मिलाएर हिाड्न खोज्नुभएको छ,’ उनले भने, ‘नयाँ सरकार बन्ने अवस्था आउँदा पार्टीमा समर्थन जुट्दैन भन्ने होइन ।’ यसअघि सभापति शेरबहादुर देउवाले सरकार फेर्ने प्रयास थाल्दा पौडेल र महामन्त्री डा शशांक कोइराला अमेरिका थिए ।

एमाले–माओवादीबीच अझै दूरी बढोस् भन्ने चाहना

सभापति शेरबहादुर देउवाले सरकार परिवर्तनका विषयमा छलफल गर्न नेताद्वय कृष्णप्रसाद सिटौला र विमलेन्द्र निधिलाई खटाएका छन् । तर, सत्तारुढ एमाले र माओवादी केन्द्रबीच थप दूरी बढाउने रणनीतिमा कांग्रेस छ । त्यसो हुादा नयाा सरकार गठनका लागि सहज वातावरण बन्दै जाने उसको बुझाइ छ । ‘अघिल्लोपटकजस्तो नयाा सरकार गठनको पहल हचुवा नबनोस् भन्नेमा नेतृत्व सजग छ,’ एक नेताले भने, ‘त्यसका लागि एमाले–माओवादीको दूरी अझै बढ्न जरुरी छ ।’

सहयोग मागे समर्थन गर्न सकिन्छ

– राजेन्द्र महतो अध्यक्ष, सद्भावना

हामीलाई जो प्रधानमन्त्री भए पनि सार्थक वार्ताको आवश्यकता हो । सााचोभन्दा केपी ओलीको मधेस आन्दोलनप्रतिको रवैयाबाट दुस्खी छौा । त्यसैले उनी प्रधानमन्त्री नभइदिए हुन्थ्यो भन्ने लागेको छ । यदि दलहरूले मधेसको माग पूरा गर्न सहमत भएर सरकारमा सहयोग माग्न आए समर्थन गर्न सकिन्छ ।