२० कार्तिक २०८३, शुक्रबार

अपहरण गरी भारत पुगाइएका ९ वर्षीय महमदको सकुशल उद्दार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Apaharan-Karta

सुनसरी, १८ असार । अभिभावकहरु काममा गएको अवस्थामा अपरिचित व्यक्तिहरुले शुक्रबार घरबाटै अपहरण गरी लगेका मधेली–८ मधेली बस्ने महमद जावुल मियाको छोरा ९ वर्षीय महमद दिलवर मियाको प्रहरीले सकुशल उद्धार गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार उक्त घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दुहवीबाट खटी गएको प्रहरीले खोजतलास गर्ने क्रममा सोनापुर–८ बस्ने १७ वर्षीय रिजवन अन्सारीलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा अपहरण गरी भारत अररिया जिल्लाको फुल्काहामा रहेको फुपुको घरमा लगी राखेको बताएपछि भारतीय प्रहरीसँग समन्वय गरी बालकलाई शनिबार सकुशल उद्धार गरिएको हो ।

घटनामा संलग्न सोही ठाउँ बस्ने २५ वर्षीय अलाउदिन मिया हाल फरार रहेकोले प्रहरीबाट उनको खोजी तथा थप आवश्यक अनुसन्धान भइरहेको छ ।

बाँके : कोहलपुर नगरपालिका–११ मेडिकल कलेजको गेटबाट दाङ तुलसीपुर नगरपालिका–९ बस्ने ५ वर्षीय सुजन ओलीलाई अपरिचित पुरुषले शनिबार अपहरण गरी लगेको भन्ने खवर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले सोही ठाउँस्थित बसपार्क नजिकबाट बालकलाई सकुसल उद्धार गरी आफन्तको जिम्मा लगाएको छ ।

अपहरण गर्ने व्यक्ति महादेवपुरी–४ बस्ने अम्मर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ ।