बनेपा, १८ असार । नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय निकायको निर्वाचन कै विपक्षमा अहिले सरकार रहेको आरोप लगाउनु भएको छ ।
काभ्रेको बनेपामा पार्टी कार्यालय भवनको शिलान्यास एवं स्वर्गीय गिरीजाप्रसाद कोइरालाको ९३ औँ जन्मजयन्तीका अवसरमा भएको कार्यक्रममा आउनु भएका देउवाले अहिलेको सरकारले संविधान कार्यान्वयन गर्न नसक्ने ठोकुवा समेत गर्नुभयो ।
उहाँले स्थानिय निकायको निर्वाचन गर्न सरकार आनाकानी गर्दै विभिन्न समस्या देखाउन थालेको जिकिर गर्नुभयो । नेपाली कांग्रेस स्थानिय निकायको निर्वाचनको विपक्षमा नरहेको स्पष्ट पार्नुभयो ।
भूकम्प पीडितहरुका लागि सरकारले राजनीति मात्रै गरेको आरोप लगाउँदै उहाँले एमाले निकट एनजिओहरुले भूकम्प पीडितका नाममा गलत काम गरिरहेको बताउनुभयो ।
कार्यक्रममा पूर्व अर्थमन्त्री डाक्टर रामशरण महतले सरकारले भूकम्प पीडितका नाममा बर्मलुट मच्चाएको आरोप लगाउनुभयो । अहिलेको सरकारले ल्याएको बजेट प्रचारमुखी मात्रै भएको ठोकुवा गर्नुभयो ।
त्यस्तै नेतृ एवं कोषाध्यक्ष सितादेवी यादवले भूकम्प पीडितहरुका लागि काम गर्न नसक्ने अवसरवादी सरकार भएको आरोप लगाउनुभयो ।













प्रतिक्रिया