२ कार्तिक २०८३, सोमबार

त्रिपन्न साना सिँचाइ आयोजना निर्माण

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nahar sichainइलाम, १८ असार । इलाममा चालु आवमा ५३ वटा साना सिँचाइ आयोजना निर्माण भई सञ्चालनमा आएका छन् ।

जिल्ला कृषि विकास कार्यालयद्वारा चालु आव २०७२÷०७३ मा २० वटा प्लास्टिक पोखरी, ३० वटा साना सिँचाइ, एउटा सहकारी सिँचाइ र दुई वटा सहकारी खेतीमा आधारित सिँचाइ स्किम गरी ५३ वटा सिँचाइ आयोजना निर्माण भएका हुन् ।

साना सिँचाइअन्तर्गत कृषक, कृषक समूह, सहकारीलाई पाइप सिँचाइ, प्लास्टिक पोखरी र कुलो मर्मतको काम गरिएको कृषि विकास कार्यालयका प्राविधिक सहायक गणेशकुमार राईले जानकारी दिनुभयो ।

कृषि विकास कार्यालयले २० वटा प्लास्टिक पोखरीलाई प्रतिपोखरी रु ३० हजारका दरले छ लाख, ३० वटा साना सिँचाइमा रु ३३ लाख, सहकारी साना सिँचाइमा रु तीन लाख र सहकारी खेतीमा आधारित स्किममा प्रतियोजना रु छ लाखका दरले १२ लाख गरी कुल रु ५४ लाख बराबरको साना सिँचाइ आयोजना निर्माण कार्यालयले जनाएको छ ।

हिउँदे बालीमा सिँचाइ सुविधा पु¥याउँदै किसानलाई कृषिमा व्यावसायिक र आत्मनिर्भर बनाउने उद्देश्यले आयोजना निर्माण गरिएको प्राविधिक सहायक राई बताउनुहुन्छ ।

युवा लक्षित तथा सहकारीमा आधारित साना सिँचाइ आयोजना गाउँगाउँमा निर्माण भएपछि किसानलाई हिउँदे बाली लगाउने किसानलाई सहज हुने भएको छ ।

जिल्लाका इलाम नगरपालिका, सूर्योदय नरपालिका, शान्तिडाँडा, साकफारा, गजुरमुखी, एकतप्पा, आमचोक, फाकफोक, बरबोटे, नयाँबजार, सोयाक, महमाई, चुलाचुली कोल्बुङ, फूएतप्पालगायतका गाविसमा निर्माण भएका आयोजनाले मौसमी र बेमौसमी रूपमा कृषि बाली उत्पादन गर्न सहयोग पुग्ने कार्यालयले बताएको छ । रासस