१० कार्तिक २०८३, मंगलबार

अस्पताल परिसरमा अनशन नबस्न डा.गोविन्द केसीललाई दबाब

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

govinda_kcकाठमाडौं, १८ असार । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगञ्जका निर्देशक प्राध्यापक डा दीपक महराले डा गोविन्द केसीलाई स्वास्थ्य सेवा र नियमित गतिविधिमा प्रतिकुल प्रभाव पर्ने गरी अस्पताललाई अनशनको थलोका रुपमा प्रयोग नगर्न आग्रह गरेका छन् ।

डा महराले अस्पतालको संवेदनशील सेवा प्रभावित हुने, गरिब जनता अत्यावश्यक सेवा पाउनबाट वञ्चित हुने एवं अस्पतालले पनि ठूलो आर्थिक क्षति व्यहोर्नुपर्ने भएकाले डा केसीलाई अस्पताल परिसरमा आगामी दिनमा अनशन नबस्न आग्रह गरेका हुन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

‘उहाँले घोषणा गरेको अनशन आगामी दिनमा कहाँ बस्नुहुन्छ र कहिले बस्नुहुन्छ भन्नेबारे मलाई आधिकारिक जानकारी छैन’, डा महराले भने, ‘तर उहाँ फेरि पनि अस्पताल परिसरमै अनशन बस्नुहुन्छ भने त्यसले अस्पतालको सेवाप्रवाह र पठनपाठनमा ठूलो असर रहन्छ ।’

केसीका तीनवटा अनशन आफू अस्पतालको निर्देशक भइसकेपछि भएकाले त्यसबाट अस्पतालमा पर्न गएको नकारात्मक असर दोहोरिएको हेर्न नचाहेको महराले बताए ।

डा‍ केसीका मागमा पछिल्लो समय परिवर्तन आउन थालेको भन्दै उनका सबै माग अस्पतालसँग सम्बन्धित नभएकाले पनि अस्पताल परिसरमा अनशन बस्न नहुने उनको भनाई छ ।