काठमाडौं, १८ असार । भूकम्पपछिको पुनर्निर्माणका लागि विभिन्न मुलुक तथा दातृ निकायले करीव २ खर्ब रुपैयाँ सहयोगको प्रतिबद्धता जनाएका छन् ।
तर, नेपाल सरकारले भने त्यसको ५० प्रतिशत पनि पाउन नसकेको पाइएको छ । राजधानी दैनिकले समाचार छापेको छ ।
नेपालको पुनर्निर्माणका लागि १० असार ०७२ मा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा मित्रराष्ट्र तथा दातृ निकायले झन्डै ४ खर्ब ४० अर्ब रुपैयाँ बराबरको सहायता घोषणा गरेको भएपनि हालसम्म घोषणाको ५० प्रतिशतभन्दा कम रकमको मात्रै प्रतिबद्धता प्राप्त भएको छ ।
अर्थ मन्त्रालयका सहसचिव एवं वैदेशियक सहयोग समन्वय महाशाखाका प्रमुख बैकुण्ठ अर्यालले सहयोगका लागि गत वर्ष गरिएको घोषणअनुरुप प्रतिबद्धता आउने क्रम जारी रहेको र हालसम्म २ खर्ब रुपैयाँ बराबरको सहयोग प्रतिबद्धता प्राप्त भएको बताए ।















प्रतिक्रिया