२ कार्तिक २०८३, सोमबार

नवलपरासीमा उद्यमीलाई प्रविधि हस्तान्तरण

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nabalparasi

– मोहन पौडेल

परासी, १७ असार । लुघ घरेलु तथा साना उद्योगीहरुको छाता संगठन नेपाल घरेलु तथा साना उद्योग महासंघ नवलपरासीले वन तथा कृषि सहज कार्यक्रमको आर्थिक सहयोगमा नवलपरासीका उद्यमीहरुलाई प्रविधि हस्तान्तरण गरेको छ । वन तथा कृषि सहज कार्यक्रम सञ्चालनमा रहेको सुनवल र रुपौलिया क्षेत्रका उत्पादक समूह र उद्यमीलाई आज सुनवलमा प्रविधि हस्तान्तरण गरिएको हो ।

महासंघका जिल्ला अध्यक्ष मेघराज गौतमका अनुसार सुनवलको वेलजुस उद्योगलाई २० वटा वेल राख्ने क्यारेट, रुपौलिया र सुनवलको बाख्रा पालन समूहलाई दाना पिस्ने मेसिन, तरकारी खेती तथा कुखुरा पालन समूहलाई दवाई छिट्ने स्पे्र, सृजना वावियो उद्योग रुपौलियाको लागि बाबियो तौल्ने तराजु, उदारणिय हाँस फार्मका सुनवलका लागि डिजिटल तराजु हस्तान्तरण गरिएको हो ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल र नेपाल घरेलु तथा साना उद्योग महासंघको सहकार्य तथा अन्र्तराष्ट्रिय प्रकृति संरक्षण संघ नेपालको संयोजनमा जिल्लामा वन तथा कृषि सहज कार्यक्रम सञ्चालनमा रहेको छ । कार्यक्रम मार्फत साना किसान, विपन्न, आदिबासी जनजाती समुदायको स्तर विकासको लागि कार्य हुदै आएको छ ।

प्रविधि हस्तान्तरण कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघ नवलपरासीका अध्यक्ष मेघराज गौतमको अध्यक्षता तथा महासंघका केन्द्रिय अध्यक्ष श्याम गिरीको प्रमुख आतिथ्य रहेको थियो । सो अवसरमा महासंघका केन्द्रीय अध्यक्ष गिरीले लघु घरेलु र साना उद्योगको प्रवद्र्धन, विकासका लागि राज्यले खासै ध्यान नदिएको भन्दै अव साना उद्यमीहरु एक भएर संंघर्ष गर्न आवश्यक रहेको बताए । महासंघका जिल्ला अध्यक्ष मेघराज गौतमले जिल्लाका साना उद्यमीको प्रवद्र्धन र टिकाईरहने वातावरण निर्माणका लागि आफुँ लागिरहने बताए ।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ केन्द्रिय कोषाध्यक्ष मञ्जु मलासी, घरेलु महासंघ प्रदेश नं. ५ का अध्यक्ष नेत्र प्रसाद पाठक, प्रदेश उपाध्यक्ष उमानाथ पोखरेल, सामुदायिक वन उपभोक्ता महासंघ नवलपरासी अध्यक्ष ठाकुर प्रसाद पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

यसैविच नेपाल घरलु तथा साना उद्योग महासंघको केन्द्रीय नवनिर्वाचित कार्यसमितिलाई महासंघको जिल्ला कार्यसमिति नवलपरासीले स्वागत तथा सम्मान गरेको छ ।

महासंघको २३ औं राष्ट्रिय महाधिवेशनवाट निर्वाचित कार्यसमितिलाई सुनवलमा एक कार्यक्रम गरि सम्मान गरिएको हो । कार्यक्रममा महासंघका केन्द्रीय अध्यक्ष श्याम गिरी , प्रदेश नंं. ५ अध्यक्ष नेत्र प्रसाद पाठक , प्रदेश उपाध्यक्ष उमानाथ पोखरेल, सचिव किरण रेग्मी, महिला उद्यमी समिति प्रदेश न ५ कि सभापति शान्ती शर्मा , प्रदेश न ५का कोषाध्यक्ष विन्ता पाण्डे पोखरेल, सदस्य लक्ष्मी श्रेष्ठ, महासंघ केन्द्रीय सदस्य वुद्धिमाया सुनार, सदस्य प्रदिप प्रसाद उदय लगायतलाई सम्मान गरिएको अध्यक्ष गौतमले बताए ।