काठमाडौं, १७ असार । नेपाल आयल निगमले शुक्रबार रातिदेखि लागु हुनेगरी हवाइ इन्धनको मूल्य घटाएको छ ।
निगमका प्रवक्ता मुकुन्द घिमिरेका अनुसार आन्तरिकतर्फको हवाइ इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँले घटाइएको हो ।
यसअघि १ सय ९ रुपैयाँ प्रतिलिटरमा कारोबार भइरहेको हवाइ इन्धको मूल्य अब ९९ रुपैयाँमा झरेको छ ।
यसैगरी निगमले प्रतिकिलोलिटर ९ सय ८१ डलर रहेको अन्तर्राष्ट्रिय उडानतर्फको हवाइ इन्धनको मूल्यमा १ सय डलरले घटाएको छ ।
नयाँ मूल्य अनुसार अन्तर्राष्ट्रिय उडानतर्फको हवाइ इन्धनको मूल्य ८ सय ८१ डलर कायम भएको छ ।
















प्रतिक्रिया