२६ कार्तिक २०८३, बिहिबार

बार एसोसिएसनले सरकारलाई दबाब दिने, संघीय गठबन्धन र बारवीच वार्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal Barकाठमाडौं, १७ असार । नेपाल बार एसोसिएसनले सरकार र सघीय गठबन्धको वार्ता प्रक्रियाका विषयमा सहजीकरण गर्ने जनाएको छ ।

वार एसोसिएसनका पदाधिकारी, पूर्व अध्यक्ष, वरिष्ठ अधिवक्ता तथा संघीय गठबन्धनका नेताहरूवीच शुक्रबार रामशाहपथस्थित बार एसोसिएसनको मुख्यालयमा भएको छलफलमा वार्ताका लागि बारले सहजीकरण गर्ने जनाएको हो । नेपाल बार एसोसिएसनले संघीय गठबन्धन र सरकारवीचको वार्तामा सहजीकरणको भूमिका खेल्न समिति बनाएको छ । सो समितिले गठबन्धनसँग छलफल गरेर मागका विषयमाजानकारी लिएको थियो ।

बारका पदाधिकारीले सरकारसँग गठबन्धनका माग र वार्ताका लागि दबाब दिने आश्वासन दिएको राष्ट्रिय मधेस समाजवादी पार्टीका प्रवक्ता केशव झाले जानकारी दिनुभयो । ‘नेपाल बार एसोसिएसनले संघीय गठबन्धन र सरकारवीचको वार्ता तथा गठबन्धनका मागका विषयमा सहजीकरण गर्ने भएको छ’, उहाँले भन्नुभयो, ‘हाम्रा मागलाई लिएर सरकार र प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रसँग छलफल गर्ने आश्वासन पाएका छौँ ।’

छलफलमा नेपाल बारका पूर्व अध्यक्ष शम्भु थापाले संघीय गठबन्धनले उठाएका मागका विषयमा आफूहरू जानकार रहेको भन्दै वार्ताका लागि आजैदेखि प्रधानमन्त्रीका साथै कांग्रेस, एमाले र माओवादी केन्द्रका नेताहरूसँग परामर्श गर्ने बताउनुभएको छ ।

संघीय गठबन्धनका संयोजक एवम् संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वार्ता र आफूहरूका मागका विषयमा नेपाल बार एसोसिएसनले देखाएको चासो र चिन्ताप्रति आफूहरू सकारात्मक रहेको बताउनुभएको थियो । यादवले आफूहरू वार्ताका लागि तयार रहे पनि सरकारले संघीय गठबन्धनलाई वार्तामा नबोलाएको बताउनुभएको छ ।

छलफलमा नेपाल बार एसोसिएसनका अध्यक्ष शेरबहादुर केसी, पूर्व अध्यक्ष शम्भु थापा, वरिष्ठ अधिवक्ता महादेव यादव, कमल नारायण देव, सतीश झा, ज्ञानेन्द्र अधिकार तथा संघीय गठबन्धनका संयोजक उपेन्द्र यादव, लक्ष्मणलाल कर्ण, ओम गुरुङ, केशव झा र मीनराज थारुलगायतका नेताहरूको सहभागिता रहेको थियो ।