काठमाडौँ, १७ असार । नेपाल प्रहरीले अपहरण, धम्की, फिरौती र असुलीको उजुरीका अधारमा दीपक मनाङ्गेलाई पक्राउ गरेको छ ।
उजुरीका आधारमा मनाङ्गेलाई गएराति राजधानीको ठमेलबाट पक्राउ गरेको काठमाडौँ परिसर प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) विक्रमसिंह थापाले जानकारी दिनुभयो ।
गुन्डा नाइकेका रुपमा परिचित मनाङ्गेलाई उहाँका सहयोगी राजीवकुमार सिंहसहित पक्राउ गरिएको हो । प्रहरीले पछिल्लोपटक हत्या, अपहरण र धम्कीका साथ गुन्डागर्दी गर्दै आएका डन, माफियामाथिको कारबाहीलाई तीव्र बनाएको छ ।
मुलुकको शान्ति सुरक्षाका लागि गुन्डाराज गतिविधि सह्य नभएको भन्दै एसएसपी थापाले यस्ता गतिविधिमा संलग्न जोसुकैलाई कानुनी कारबाही गर्न पछि नहट्ने बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘थप अनुसन्धान गर्दै छौं । बाँकी यसको अरु सन्जालाई पनि ध्वस्त पार्छौं । को–को छन् उ संग सुक्ष्म अनुसन्धान भइरहेको छ । हामी कडा कानुनी कारबाही गर्छौं । संगठित अपराधलाई निस्तेज पार्छौ ।’ रासस












प्रतिक्रिया