२६ कार्तिक २०८३, बिहिबार

नेपाल–भारत ‘प्रबुद्ध समूह’को बैठक सोमबारदेखि, असमान सन्धिबारे छलफल हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

india-nepal-flag-400

काठमाडौँ, १७ असार । नेपाल–भारत सम्बन्धलाई थप सुदृढ गर्ने उद्देश्यले दुई देशबीचका कूटनीतिविद्को ‘प्रबुद्ध समूह’ (इपिजी) को पहिलो बैठक यही असार २० र २१ गते काठमाडौँमा हुने भएको छ ।

उक्त बैठकमा दुवै मुलुकलाई लाभ हासिल हुनेगरी संयुक्तरुपमा काम कसरी अगाडि बढाउने भन्नेबारेमा छलफल गरिनेछ ।

दुई देशबीच अहिलेसम्म भएका सबै सन्धि सम्झौताका बारेमा पुनरावलोकन गर्नका लागि बैठकले दुवै राष्ट्रका प्रतिनिधिलाई क्षेत्राधिकार निर्धारण गर्नेछ ।

दुई वर्षसम्मको समयावधि रहेको प्रबुद्ध समूहले प्रत्येक तीन महिनामा यस किसिमको बैठक पालैपालो दुवै देशमा गरिनेछ । नेपालका तर्फबाट प्रबुद्ध समूहमा डा भेषबहादुर थापा, नीलाम्बर आचार्य, सूर्यनाथ उपाध्याय र डा राजन भट्टराई हुनुहुन्छ ।

प्रबुद्ध समूहका सदस्य डा भट्टराईले यहाँ हुन लागेको पहिलो बैठकमा दुवै देशका सहभागी प्रतिनिधिबीच एकअर्कालाई बुझ्नका लागि परिचयात्मक कार्यक्रम गरी विगतका सन्धि सम्झौता पुनरावलोकनका लागि स्वरुप तयार गरिने जानकारी दिनुभयो । पहिलोपटक हुन लागेको उक्त बैठकलाई महत्वका साथ हेरिएको छ । रासस