९ कार्तिक २०८३, सोमबार

उपप्रधानमन्त्रीद्धय कमल थापा र चित्रबहादुर केसीलाई हटाउन कांग्रेसको माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kamal-chitra

काठमाडौं, १७ असार । कांग्रेसले संविधानविपरीत अभिव्यक्ति र गतिविधि गर्दै हिँड्ने मन्त्रीहरूलाई कारबाही गर्न माग गरेको छ ।

बिहीबार व्यवस्थापिका–संसद् बैठकको ‘शून्य समय’मा बोल्दै कांग्रेस सांसदले उपप्रधानमन्त्रीद्वय कमल थापा र चित्रबहादुर केसीलाई कारबाही गर्न माग गरेका हुन् ।

‘प्रधानमन्त्री लाचार हुनुभयो’ कांग्रेस संसदीय दलकी सचेतक ईश्वरी न्यौपानेले जिम्मेवार मन्त्रीहरूले संविधानविपरीत अभिव्यक्ति र गतिविधि गर्दा पनि प्रधानमन्त्री मूकदर्शक बन्दै लाचार भएर बसेको आरोप लगाइन् ।

‘सरकारमा सहभागी दुई दलका मन्त्री संविधानविपरीत बोल्ने मात्र होइन, सडक गतिविधिमै सक्रिय छन्, उनीहरूका गतिविधि प्रधानमन्त्री लाचार भएर हेरिरहेका छन्, प्रधानमन्त्रीले किन कारबाही गनुुहुन्न ?’ सांसद न्यौपानेले भनिन्, ‘प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्छ ।’

संविधानले आत्मसात् गरेको संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रको विपक्षमा ती मन्त्री र तिनका दलले खुलेआम देशव्यापी कार्यक्रम गरिरहेका छन् । अहिले सरकारमा सहभागी १२ दलमध्ये संविधानविपरीत ६ दलले गतिविधि गरिरहेको आरोप लाग्दै आएको छ । ‘सरकारले मंसिरमा स्थानीय निकायको निर्वाचन गर्ने घोषणा गरेको छ, तर आफ्नै क्याबिनेटका मन्त्री संविधानविपरीत बोल्दै हिँड्दा पनि प्रधानमन्त्रीले कारबाही गर्न नसक्दा संविधान कार्यान्वयनमा शंका छ,’ न्यौपानेले भनिन् ।

नयाँ पत्रिकामा समाचार छ ।