२६ कार्तिक २०८३, बिहिबार

‘विप्लव’ माओवादीले आज ज्ञापनपत्र बुझाउँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Biplav-Maobadi-काठमाडौं, १६ साउन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले आज प्रधानमन्त्री केपी ओलीलाई ज्ञपानपत्र बुझाउँदैछ ।

पक्राउ परेका आफ्ना नेता तथा कार्यकर्ताको रिहाइ माग गर्दै आएको ‘विप्लव’ माओवादीले अपरान्ह तीन बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पुगेर ज्ञापनपत्र बुझाउन लागेको हो ।

‘विप्लव’ माओवादीका नेता तिलक मल्ल ‘क्षितिज’का अनुसार शान्तिबाटिकाबाट सुरू हुने र्‍याली बबरमहलमा पुगेर जम्मा हुनेछ । त्यसपछि प्रधानमन्त्री कार्यालय पुगेर ज्ञापनपत्र बुझाइने मल्लले बताउनुभयो ।

‘विप्लव’ माओवादी कार्यकर्ताले दिउँसो १ बजे शान्तिबाटिकाबाट र्‍याली निकाल्ने छन् । र्‍यालीमा सन्तोष बुढा मगर, माइला लामालगायतका प्रभावशाली नेताहरूको सहभागिता रहनेछ ।

विभिन्न घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले ‘विप्लव’ माओवादीका थुप्रै नेता तथा कार्यकर्तालाई पक्राउ गरेर कारबाही सुरू गरेको छ । कारबाही सुरू भएपछि ‘विप्लव’ माओवादीले विनासर्त रिहाइ गर्न माग गर्दै दबाब दिँदै आएको छ ।