भक्तपुर, १५ असार । नयाँ शक्ति नेपालको अन्तरिम केन्द्रीय परिषद्का सदस्य निर्मल भट्टराईले नयाँ नेपालको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।
भक्तपुरमा पत्रकार सम्मेलन गरी नयाँ शक्ति नेपालको विधान जारी भएको भोलिपल्टै नेता भट्टराईले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।
‘पार्टीले सुरु गरेको प्रत्यक्ष लोकतन्त्रको महान् अभ्यासलाई थप समृद्ध बनाउने पुनित उद्देश्य राखी अन्तरिम विधानको धारा ६ को उपधारा (ख)मा व्यवस्था भएबमोजिक नयाँ शक्ति नेपालको केन्द्रीय अध्यक्षको उम्मेदवार घोषणा गर्दछु ।’ पत्रकार सम्मेलनमा उनले भने ।
सो अवसरमा नेता भट्टराईले नयाँ शक्ति नेपालको विचार र संगठन निर्माणमा आफ्नो पनि भूमिका महत्वपूर्ण रहेको मात्र नभएर पार्टी बनाउनका लागि आफू अहोरात्र खटेको एक अभियन्ता भएको दाबी गर्दै एक वर्षभित्र हुने निर्वाचनको लागि अध्यक्षको उम्मेदवारी घोषणा गरेको बताए ।
उनले आफूले पार्टीको विधानअनुसार नै उम्मेदवारी घोषणा गरेको कारण चुनाव जित्नैका लागि अन्य कुनै नेता तथा पार्टीहरुको आलोचनासमेत नगर्ने जानकारी दिए ।













प्रतिक्रिया