१ कार्तिक २०८३, आइतबार

सगुन डटकममा लगानी गर्न बाटो खुला, न्यूनतम पाँच हजार डलर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sagoon-press-meet1काठमाडौं, १५ असार । वासिङ्टन डीसीमा केन्द्रीय कार्यालय राखेर सुरू भएको सामाजिक सञ्जाल सगुन डटकमले इच्छुक तथा योग्य लगानीकर्ताहरुको लागि लगानीको अवसर खुल्ला गरेको छ ।

अमेरिकी राजधानी वासिङ्टन डीसीमा अवस्थित सगुन अमेरिकामा बसोबास गर्दै आएका नेपालीले स्टार्टअप कम्पनीको रुपमा स्थापना गरेको सामाजिक सञ्जाल हो । सगुनले यसमा लगानी गर्न चाहने योग्य लगानीकर्तालाई कम्तिमा पाँच हजार डलर लगानी गर्ने अवसर प्रदान गरेको छ ।

‘प्रयोगकर्ताहरु माझ पुगेर सगुनलाई एउटा उदाहरणीय सामाजिक सञ्जाल बनाउन र अन्य सामाजिक सञ्जालमा प्रयोगकर्ताहरुले भोग्नुपर्ने नकारात्मक अनुभवहरु हटाउनका लागि हामी लागिपरेका छौं’, लगानीको अवसर खुल्ला गरिएपछि संस्थापक गोविन्द गिरीले भन्नुभयो । ‘विश्व बदल्ने लक्ष्य लिएको हाम्रो समूहका तर्फबाट त्यस्तै उद्देश्य रहेका अन्यलाई सगुनमा सहभागिता जनाएर सहकार्य गर्न लगानीको मौका प्रदान गरिएको छ । यसको लागि कानुनी रुपमा बाटो खोलिदिएकोमा यूएस् जब्स एक्टलाई धन्यवाद दिन चाहन्छु ।’

सगुन एउटा बिश्वब्यापी रुपमा फैलिएको सोसियल कमर्स सञ्जाल हो । यसले विश्वभर रहेका लगानीकर्तालाई इक्विटी क्राउडफन्डिङ पहलमा बैंकरोलमार्फत अवसर प्रदान गरिरहेको काठमाडौंमा बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

सेयर खरिदबाट आएको पूँजीबाट सगुनको प्रयोगकर्ता विस्तार गर्ने, थप नयाँ विशेषताहरु बढाउँदै जाने र मोबाइल एप्पको सुरुवात गरिनेछ ।

सगुनमा रजिस्टर प्रयोगकर्ताका लागी थुप्रै प्रकारको एप्लिकेसन रहेका छन् । सहसंस्थापक कविन सिटौला भन्नुहुन्छ, ‘नेपालीको शिर उचो बनाउने हाम्रो चाहनामा सरिक हुन चाहने विश्वभर छरिएर रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई लगानीको एक सुनौलो अवसर उपलब्ध गराउन लागेको घोषणा गर्न पाउँदा म उत्साहित भएको छु ।’