काठमाडौं, १५ असार । पश्चिम नेपालमा बुधबार भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार दिउँसो २ बजेर ५५ मिनेटमा बझाङ जिल्लालाई केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प भएको हो ।
केन्द्रका प्रमुख लोकविजय अधिकारीले बझाङ सदरमुकाम चैनपुरबाट ११ किलोमिटर उत्तर पूर्व मयानाको सेती विशाल झरना केन्द्र भएर पाँच रेक्टर स्केलको भूकम्प गएको जानकारी दिए ।
भूकम्पको धक्का पुरै सुदूरपश्चिमभरी महसुस गरिएको छ । स्थानीय पत्रकारहरुले भूकम्पको धक्का महसुस भएको कुरा समाजिक सञ्जालमार्फत व्यक्त गरेका छन् ।
बझाङका स्थानीय पत्रकारहरुका अनुसार सदरमुकामा भूकम्प जाँदा भागभाग भएको थियो ।













प्रतिक्रिया