२६ कार्तिक २०८३, बिहिबार

काबुल घटनाबारे संसदमा बोले प्रधानमन्त्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kp-Oliकाठमाडौं, १५ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले अफगानिस्तानको राजधानी काबुलमा भएको आतंकवादी हमलामा मारिएका १३ नेपालीको शव र घाइते ल्याउन कसैले पनि सहयोग नगरेको स्पष्ट पारेका छन् ।

बुधबार ६ दिनपछि खुलेको संसद् बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारको तदारुकताका साथ तत्काल जहाज पठाएर काबुलमा मृतक र घाइतेलाई ल्याउन सफल भएको बताए ।

उनले भने– ‘सरकारले काबुल घटनामा मारिएकाको शव ल्याउन जहाज आफैं पठाएको हो । कुनै इन्सुरेन्स वा वैदेशिक रोजगार व्यवसायीले सहयोग गरेको होइन । कोही भ्रममा नपरे हुन्छ ।’

काबुल घटनापछि सरकारले वायुसेवा निगमको विमान चार्टर गरेको थियो ।